अनेरास्ववियूद्धारा सरकारविरूद्ध आन्दोलन घोषणा


२१ पुष २०७७, मंगलवार
Aneraswabiu Prachand Madhav

काठमाडौं, २१ पुस । नेकपा प्रचण्ड–माधव समूह सम्बद्ध अनेरास्ववियूले संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै अनेरास्ववियूले देशव्यापी आन्दोलनको घोषणा गरेको हो।

बागबजारस्थित अनेरास्ववियू कार्यालयमा बसेको बैठकले यही पुस २१ गतेदेखि २९ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । आन्दोलनका कार्यक्रम लिपुलेकसहितको पाठ्यपुस्तक वितरण गर्न मागदेखि प्रधानमन्त्रीको पुत्ला जलाउनेसम्मका छन् । दोस्रो चरणको आन्दोलन देशव्यापी रुपमा हुने नेता सुदेश पराजुलीले बताए ।

कताअनुसार लाल्टिन/सिटी/लाठी जुलुस, पौष २३ गते ( देशव्यापी रुपमा प्रधानमन्त्रीको पुत्ला दहन, पौष २४ गते सिडियो कार्यालयमा ज्ञापनपत्र तथा धर्ना, पौष २५ गते असंवैधानिक कदमविरुद्ध सडक बहस कार्यक्रम, पौष २६ गते बयलगाडा प्रदर्शन, पौष २७ गते प्रतिगमनको बिरुद्ध सडक कविता गीत र गजल कार्यक्रम, पौष २८ गते सडक नाटक र सडक आर्ट, पौष २९ गते सडकमा प्ले कार्डसहित कार्टुन प्रदर्शन लगायत रहेका छन्।

त्यसैगरि अनेरास्ववियूले शैक्षिक कार्यक्रमसमेत तय गरेको छ। संसद विघटनको विरोधसँगै अनेरास्ववियूले संघीय संसदबाट सर्वसम्मत रुपमा जारी गरिएको कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नक्सामा भएको भूमि फिर्ता गर्न र उक्त भूमिसहित शिक्षा मन्त्रालयले प्रकाशित गरेको पाठ्यसामग्री तत्काल वितरण गर्न संघर्ष गर्ने निर्णय पनि अनेरास्ववियूले गरेको छ ।

यसैगरी कोभिड–१९ का कारण अवरुद्ध परीक्षा तत्काल शुरु गर्न र अनलाइन कक्षाको नाममा मनपरि ढंगले लिइएको शुल्क खारेज गर्न आन्दोलन गर्ने लगायत रहेका छन्।

Press note ranjit tamang

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७