नेपाली सेनाले खुलायो जागिर, साधारण लेखपढ भएकालाई समेत अवसर (सूचनासहित)


प्रकाशित मिति : January 5, 2021

काठमाडाैं, २१ पुस । नेपाली सेनाले २ सय ९४ कर्मचारी भर्ना गर्न दरखास्त मागेको छ। सेनाले मंगलबार सूचना जारी गरी पुजारीदेखि कुचिकारसम्मका लागि आवेदन आह्वान गरेको हो।

लेखा जमदार, पुजारी हुद्दादेखि धोबीसम्म विभिन्न पदमा सोमबार सूचना निकालेर दरखास्त खुलाएको हो।

लेखा जमदारमा ५० जनाको माग भएको छ । जसमा खुल्लातर्फ २७ जना छन् भने अरू समावेशीतर्फ माग भएको छ।

यस्तै पुजारी हुद्दा पदमा चार जनाको माग भएकोमा खुल्लातर्फ २ जना छ।

अमल्दार कर्मचारीमा खुल्लातर्फ २८ जना माग भएको छ। समावेशीसमेत गरी यस पदमा ५३ जना माग गरेको हो।

सबैभन्दा धेरै बन्दोबस्ती कार्य सिपाहीतर्फ माग भएको छ। खुल्लातर्फ ५० र समावेशी गरी कूल ९६ जनाको माग भएको जंगी अड्डाले जानकारी दिएको छ।

जागिरका लागि सेनाले पुस २१ गतेदेखि माघ २१ गतेभित्र आवेदन दिइसक्नु पर्ने जनाएको छ।

हेर्नुहोस्, सूचना

प्रतिक्रिया दिनुहोस्