नेकपा प्रदेश–२ को संसदीय दलको नेतामा महत्तो चयन, मण्डललाई हटाइयो


२१ पुष २०७७, मंगलवार
01615772bbc15c865522f9e544c731ab w1000 h500 cp

जनकपुरधाम, २१ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश–२ को नेकपा संसदीय दलको नेता सत्यनारायण मण्डललाई पदबाट हटाएको छ ।
नेकपा प्रचण्ड–नेपाल पक्षको आज (मंगलबार) बसेको संसदीय दलको बैठकले मण्डललाई दलको नेताबाट हटाएको हो ।

मण्डललाई कारबाही गरी प्रचण्ड नेपाल समूहले दलको नयाँ नेतामा प्रदेश सांसद सत्रुधन महतोलाई चयन गरेको छ । संसदीय दलको बैठकले आफूलाई सर्वसम्मत रुपमा नेता चयन गरेको महतोले बताए । प्रदेश–२ मा नेकपाका ३२ सांसद छन् । नेकपामा आएको विभाजनसँगै १९ जना सांसद प्रचण्ड–नेपाल समूहमा लागेका छन् ।

संसदीय दलको नेता रहेका मण्डले प्रधानमन्त्री ओली समूहका हुन् । उनी उक्त समूहको प्रदेश–२ का इन्चार्ज समेत हुन् । ‘आज बसेको संसदीय दलको बैठकले सत्यनारायण मण्डललाई हटाइ मलाई सर्वसम्मत रुपले दलको नेता चयन गरेको छ’, उनले भने । महतो पूर्व एमालेबाट निर्वाचित प्रदेश सांसद हुन् ।

महतोका अनुसार हस्ताक्षर गर्ने १८ सांसद र एक जना सचेतक गरी १९ प्रदेश सांसद अविश्वासको प्रस्ताव लिएर मंगलबार सभामुख सरोज यादव कहाँ पुगेका थिए । मण्डल असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई समर्थन गरेको भन्दै प्रचण्ड–नेपाल समूहले उनलाई कारबाही गरेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७