अधिनायकवादको बाटोमा हिड्नेले जबजको नाम लिनु शरम र लाजको कुरा : माधव नेपाल {भिडियाे}


२१ पुष २०७७, मंगलवार
madhav nepal.

काठमाडौं, २१ पुस । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले अधिनायकवादको बाटोमा हिडनेले जनताको बहुदलिया जनवादको नाम लिनु शरम र लाजको कुरा भएको बताएका छन् । मंगलबार पेरिसडाडामा नेपाली कम्युनिष्ट आन्दोलनका नेता स्वनाम साथीको श्रद्धाञ्जली कार्यक्रममा नेता नेपालले जबजले लोकतन्त्रको मुल्य मान्यता सिकाउने बताएको हो ।

जनताको बहुदलिया जनवादको नाममा एउटा मनौवैज्ञानिक रुपमा प्रभाव पार्ने प्रयत्न गरिरहेका छन् । यस्तो ढंगले प्रयत्न गर्दा कुनै पनि हालतमा सफल हुँदैन । किनकि जनताको बहुदलिया जनवाद उत्तराधिकारी भन्नेहरुको सँग कुनै आधार छैन । उनीहरुसँग कुनै मुल्य र मान्यता छैन ।

अधिनायकवादको बाटोमा हिडनेले जबजको नाम लिनु पनि शरम र लाजको कुरा हो । जबजले संस्कार, राम्रो बानी र व्याहोरा सिकाउँछ, लोकतन्त्रको मुल्य मान्यता सिकाउँछ, बहुमतको निर्णय मान्छ, व्यक्ति भन्दा संगठन प्रमुख हुन्छ भनेर सिकाउँछ ’ उनले भने ।

उनले जनताको समस्याका बारेमा प्रधानमन्त्रीलाइ सुझाव दिएपनि त्यसलाई स्वीकार नगरेको आरोप बताए । उनले सरकार, जनजिविका र बिभिन्न बिषयमा छलफल गर्न बैठक बोलाउन आग्रह गरेपनि नमानेको बताए ।

नेपालले ओली पक्षको धुलो छाप केन्द्रीय सदस्यहरु टिकटका लागि दौडधुपमा लागेको उल्लेख गरे । उनले भने,‘पीडामा परेका जनतालाई मलम लगाउनुहोस, कोरोना पीडितलाई समस्या बारे सम्बोधन गर्नुहोस भन्दा उहाँ बैठकबाट तर्सिन्नु भयो । केन्द्रीय कमिटिको नाम पनि सडक छाप कमिटि राख्नुभयाे । अहिले उहाँको धुलो छाप कमिटी भएको छ । टिकट लिएर हिंडिरहेको छ । बालुवाटारबाट हिड्यो कि केन्द्रीय भिडाइदिइ हाल्छन् ।’

उनले पूर्वमाओवादीको नाम लिएर जबजलाई प्रभाव पार्ने कार्य स्वीकार्य नहुने धारणा पनि राखे ।
त्यस्तै नेता नेपालले नेपालको परिवर्तन र कम्युनिष्ट आन्दोलनमा स्वर्गीय सोनाम साथीको योगदान महत्वपूर्ण रहेको जिकिर गरे ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७