उपत्यकाको वायु अहिलेसम्मकै प्रदूषित : आवश्यक काम बाहेक घर बाहिर ननिस्कन सुझाव


२१ पुष २०७७, मंगलवार
Kathmandu pollution scaled
sf7df8f}F @! k”; M t”jfnf]n] 9fs]sf] aa/dxn . sf7df8f}F pkTosfdf ;f]daf/b]lv df};ddf cfPsf] kl/j{tgn] lr;f] a9]sf] 5 . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

काठमाडौँ, २१ पुस । काठमाडौं उपत्यकामा सोमबारदेखि एक्कासी बढेको वायु प्रदुषणले स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने भन्दै चिकित्सकहरुले अति आवबश्यक काम बाहेक बाहिर ननिस्किन सुझाव दिएका छन् । वायु प्रदुषणको तह उच्च विन्दुमा पुगेपछि घरभित्र बस्दा समेत झ्याल ढोका बन्दा गरेर, मास्क लगाएर बस्न चिकित्सकहरुको सुझाव छ ।

वातावरण विभागको वायु गुणस्तर मापन केन्द्रका अनुसार सोमबार राति काठमाडौं उपत्यकाको ‘एयर क्वालिटी इन्डेक्स’ (एक्युआई) ६०७ पुगेको थियो । मंगलबार अपराह्न काठमाडौंको एक्युआई चार सय तीनको आसपास छ । मौसमविद्हरूका अनुसार सोमबार रातिको एक्युआई स्तर हालसम्मकै उच्च हो ।

अघिल्ला वर्षहरुमा यही समयमा वायु गुणस्तर सूचाकाङ्क १९० मा सिमित हुने थियो । वन तथा वातावरण मन्त्रालय अन्तरगत वातावरण विभागका उप-महानिर्देशका इन्दु विक्रम जोशीका अनुसार यसवर्ष ह्वात्तै वायुप्रदुषण बढेकाले स्वास्थ्यमा गम्भिर असर पार्न सक्नेछ ।

मंगलबार काठमाडौं विश्वका सर्वाधिक प्रदूषित सहरको अग्रस्थानमा छ । विश्व स्वास्थ्य संगठनका अनुसार स्वस्थ एक्युआई ५० भन्दा तल हुनुपर्छ । नेपाल सरकारले भने त्यसलाई एक सयभन्दा मुनि निर्धारण गरेको छ । अर्थात्, नेपालमा ५० देखि एक सयबीचमा रहेमा वायुको गुणस्तर सामान्य मानिन्छ । तर, सोमबारदेखि देशभरि नै वायु प्रदूषणले खतराको तह पार गरेको छ ।

एक्युआई तीन सय नाघेमा एक वर्षका लागि आपत्कालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । सोमबारको अभिलेखअनुसार एक्युआई विराटनगरमा दुई सय ५०, नेपालगन्जमा दुई सय २७, दाङमा एक सय ५२, ललितपुर भैँसेपाटीमा चार सय तीन, हेटौँडामा एक सय ६३, भक्तपुरमा दुई सय ७७, पोखरामा एक सय ९४, महेन्द्रनगरमा एक सय ९२ र काठमाडौंमा चार सय ८७ थियो । सोही अवधिमा कजकस्तानमा दुई सय ९६, भियतनाममा दुई सय ४१, ढाकामा दुई सय तीन मापन गरिएको छ । यो तथ्यांकबाट पनि काठमाडौंमा एक्युआई उच्च देखिन्छ ।

वातावरण विभागले भन्यो : दीर्घरोगी र वृद्धवृद्धा घरबाट बाहिर ननिस्कनुस्

Kathmandu Nepal
मुुख्य प्रशासनिक केन्द्र सिंहदरवार अगाडीको सडक । काठमाडौँ उपत्यकामा सोमबारदेखि मौशममा आएको परिर्वतनले चिसो बढेको छ । तस्वीर : रोशन सापकोटा/रासस

मीनपचासको जाडो, विगत दुई दिनदेखि राजधानी काठमाडौँमा घाम लागेको छैन । जाडोयाममा घाम नलाग्दा त्यसले वृद्धवृद्धा, बालबालिका र दीर्घरोगीलाई सबैभन्दा बढी मारमा पारेको छ । काठमाडौँमा धुम्म तुवाँलो लागेको छ । तुवाँलोका कारण घाम लाग्न सकेको छैन । आज बिहान हल्का वर्षा भए पनि तुवाँलो हट्न सकेको छैन । हावा नचल्दा तुवाँलो फाट्न सकेको छैन । सोही कारण मानव स्वास्थ्यमा त्यसले नकारात्मक प्रभाव पार्ने देखिन्छ ।

मौसममा आएको बदलीका कारण काठमाडौँवासीमा स्वास्थ्य समस्या बढ्ने जोखिम पनि उत्तिकै देखिएको छ । काठमाडौँ उपत्यकामा वायु प्रदूषणकोे स्तर अत्यधिकरुपमा बढेको वातावरण विभागको भनाइ छ ।

विभागले विशेषगरी बालबाालिका, वृद्धवृद्धा एवम् दम, खोकीजस्ता श्वासप्रश्वाससम्बन्धी बिरामी र मुटुका बिरामी बढी प्रभावित हुने भएकाले सकेसम्म घरबाहिर ननिस्कन आग्रह गरेको छ । घरबाहिर ननिस्कन र सबै नागरिकले निस्कनै परे विशेष सावधानी अपनाउनसमेत अपिल गरेको छ । विभागमा महानिर्देशक मुकुन्दप्रसाद निरौलाका अनुसार वातावरणमा देखिएको परिवर्तनलाई आत्मसात् गरेर तोकिएका उमेर समूहलाई घरमै रहन आग्रह गरिएको हो ।

काठमाडौँ उपत्यकामा विशेष गरी पेट्रोल तथा डिजलबाट चल्ने सवारी साधनले फालेको धुवाँका कारण पनि प्रदूषण बढेको छ । यस्तै विकास निर्माणका क्रममा उडेको धुवाँ, धुलो तथा कलकारखानबाट उत्सर्जन भएको धुवाँले पनि मौसम बिगार्ने गरेको छ ।

काठमाडौँ उपत्यकामा विद्युतीय सवारी साधन चलाउँदै आएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले डिजेल र पेट्रोल सवारीलाई क्रमशः विस्थापित गर्दै लानेतर्फ सरकार र सरोकार भएका निकाय तथा क्षेत्रको ध्यान जानुपर्ने बताए ।

जल तथा मौसम विभागले तराईका धेरै स्थानमा लागेको हुस्सु र कुहिरो लागेको जनाएको छ । कुहिरो र हुस्सु लागेका स्थानमा राम्रोसँग घाम नलाग्ने भएकाले चिसोबाट बच्ने उपाय अपनाउनाका साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावबाट बच्न सतर्ककता अपनाउन अनुरोध गरेको छ । विभागका अनुसार बुधबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली हुनेछ ।

ती प्रदेशका धेरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । विभागले साँझ दिएको जानकारीअनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । सोही वायुका कारण देशभर सामान्य बदली भइरहेको छ । जानकारहरुले झ्याल ढोका खोलेर स्वच्छ हावा बहने वातावरण बनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७