घर बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह


२१ पुष २०७७, मंगलवार
Kathmandu Nepal scaled
sf7df8f}F @! k”; M d”Vo k|zf;lgs s]Gb| l;+xb/jf/ cuf8Lsf] ;8s . sf7df8f}F pkTosfdf ;f]daf/b]lv df}zddf cfPsf] kl/j{tgn] lr;f] a9]sf] 5 . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं, २१ पुस : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर ननिस्कन आग्रह गरेको छ । अत्यधिक वायु प्रदुषणले जनस्वास्थ्यमा असर पर्न सक्ने भन्दै मंगलबार मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले विज्ञप्ति जारी गरेर भनेका छन्, ‘घर बाहिर ननिस्कौं । निस्कनै पर्ने अवस्था भएमा मास्कको अनिवार्य प्रयोग गरौं ।’

यसै गरी मन्त्रालयले मर्निङवाक वा घर बाहिर गएर शारीरिक व्यायाम नगर्न आग्रह गरेको छ। ‘मर्निङवाकमा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने केही दिनका लागि रोकौं’, मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

वातावरण विभागको वायु गुणस्तर मापन केन्द्रका अनुसार सोमबार राति काठमाडौं उपत्यकाको ‘एयर क्वालिटी इन्डेक्स’ (एक्युआई) ६०७ पुगेको थियो । मंगलबार अपराह्न काठमाडौंको एक्युआई चार सय तीनको आसपास छ । मौसमविद्हरूका अनुसार सोमबार रातिको एक्युआई स्तर हालसम्मकै उच्च हो ।

air pollution Nepal


प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७