सन्दिप सर्वाधिक महँगो श्रेणीमा पाकिस्तान सुपर लिगको ड्राफ्टमा


२२ पुष २०७७, बुधबार
sandeep lamichhane

काठमाडौं, २२ पुस । नेपाली क्रिकेटर सन्दिप लामिछाने पाकिस्तान सुपर लिगको आगामी संस्करणका लागि ड्राफ्टमा परेका छन् । उनी यसपटक प्लाटिनम वर्गमा परेका छन् ।

यो वर्गमा क्रिस गेल, मोइन अली, कोलिन इन्ग्राम, इमरान ताहिर, मलान, क्रिस लिन, रासिद खान, मुजीव उर रहमान रहेका छन् । यसका साथै घरेलु क्रिकेटमा बाबर अजाम लगायतका चर्चित अनुहार यो श्रेणीमा परेका छन् ।

पीसीबीले सार्वजनिक गरेको ड्राफ्ट लिस्टमा सन्दिप सहित पाकिस्तान र अन्य देशका गरी कुल ३ सय खेलाडीहरु सामेल गरिएको छ भने पीसीबीले जनवरी ९ मा खेलाडीहरुको लिलामी गराउने छ ।

सार्वजनिक गरिएको ड्राफ्टमा प्लेटीनीएम, डाईमण्ड, गोल्ड, सील्भर र ईमरजीङ प्लेयर गरी कुल ५ श्रेणी समावेश छन् । केटा ग्याडियर्टस, लाहोर कलन्दर्स, मुल्तान सुल्तान, इस्लामबाद युनाइटेड, पेशवार जाल्मी र कराँची किङ्स गरी ६ फ्रेन्चाइज टोली छन् ।

एक टिमले कुल १ दशमलव १ मिलियन अमेरीकी डलरमा आफ्नो टिम बनाई सक्नु पर्नेछ । प्लेटीनम श्रेणीमा ड्राफ्ट गरिएका खेलाडीहरुलाई कुनै टिमले १ लाख १७ हजार अमेरिकी डलरदेखि २ लाख १८ हजार अमेरीकी डलर सम्म खरिद गर्न सक्ने छन् । यस्तै डाईमण्ड श्रेणी खेलाडीहरुको मुल्य ७३ हजार अमेरिकी डलरदेखि १ लाख ३ हजार अमेरीकी डलरबीच रहने छ ।

सन् २०१८ मा सन्दीपलाई लाहोर कलन्दर्सले खरिद गरेको थियो । गोल्ड क्याटागोरीमामा लाहोरमा सन्दीप अनुबन्ध भएका थिए । पिएसएलको ड्राफ्टमा खेलाडीलाई ५ क्याटगेरीमा राख्ने गरिन्छ । प्लेटिनम सर्वाधिक महँगो क्याटेगेरी हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७