काठमाडौं उपत्यकामा वायु प्रदुषण खतराको तहमा, ‘मर्निङवाक’ नगर्न आग्रह


२२ पुष २०७७, बुधबार
ktm polution scaled

काठमाडौं, २२ पुस । काठमाडौंमा आज (बुधबार) बाट मौसममा सुधार आउने र वायु प्रदुषण पनि विस्तारै घट्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार बेलुकीदेखि बदली भएको मौसम आजदेखि सुधार हुँदै गएकोे । प्रदेश–१, कर्णाली र सुदूरपश्चिमका केही ठाउँ बाहेक देशका सबै ठाउँमा आज घाम लाग्ने र मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

काठमाडौं उपत्यकामा वायु प्रदूषण खतराको तहमा पुगेको भन्दै विज्ञहरुले सचेत गराएका छन् । खराब मौसम, आगोबाल्दा निस्कने धुँवा, डढेलो, सवारी प्रदुषण, उत्तरी भारतबाट भित्रिएको औद्योगिक प्रदूषण जस्ता कारणले काठमाडौं उपत्यकामा वायुको गुणस्तर खतराको तहमा पुगेको भन्दै विज्ञहरुले सचेत गराएका हुन् ।

news photo 20210105124419 1

वायु प्रदूषण खतराको तहमा पुगेपछि वातावरण विभागले पनि नागरिकलाई सचेत गराएको छ । विभागले मंगलबार विज्ञप्ति जारी गरेर प्रदूषण कायम रहँदासम्म बालबालिका, वृद्धवृद्धा, श्वासप्रश्वास र मुटुको समस्या भएका बिरामीलाई सकेसम्म घर बाहिर ननिस्कन आग्रह गरेको छ । यस्तै स्वास्थ्य मन्त्रालयले पनि काठमाडौं उपत्यकाको वायु प्रदूषण बढेको भन्दै मर्निङवाकमा नजान अनुरोध गरेको छ ।

सोमबारदेखि घाम नलाग्दा काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर अत्याधिक बढेको हो । बिहान र बेलुकाको समयमा प्रदूषण अत्याधिक बढेको पाइएकाले घर बाहिर निस्कँदा विशेष सावधानी अपनाउन विभागले सुझाव दिएको छ ।

काठमाडौको आकाश अहिले धुम्म भए पनि दिउँसोपछि घाम लाग्ने मौसमविदले बताएका छन् । महाशाखाका मौसमविद बरुण पौडेलका अनुसार बाँकी ठाउँमा पनि बेलुकीदेखि आकाश खुल्नेछ । आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रदुषण घट्दै, तर जोखिम कायमै
बादल हटेर आकाश केही खुलेसँगै काठमाडौंमा प्रदुषण घट्न थालेको छ । हिजो र अस्तिको तुलनामा प्रदुषण कम भएको हो । घाम लाग्न र हावा चल्न थालेपछि प्रदुषण घट्दै जाने मौसमविद बरुण पौडेलले बताएका छन् । तर जाडोमा धेरै हावा नचल्ने र पानी पनि नपर्ने भएकाले प्रदुषण पुरै नहट्ने विज्ञको भनाइ छ ।

विशेष गरेर काठमाडौं, विराटनगर, नेपालगञ्ज, पोखरा, जनकपुर, महेन्द्रनगर, हेटौंडा, दाङ लगायतका क्षेत्रमा प्रदुषण बढेको छ । काठमाडौं उपत्यकामा वायु प्रदूषणकोे स्तर अत्यधिकरुपमा बढेकाले सचेत रहन सरकारले आग्रह गरिसकेको छ ।

press r helth 20210105155621

विशेषगरी बालबाालिका, वृद्धवृद्धा एवं दम, खोकीजस्ता श्वासप्रश्वाससम्बन्धी बिरामी र मुटुका बिरामी बढी प्रभावित हुने भएकाले सकेसम्म घरबाहिर ननिस्कन वातावरण विभागले आग्रह गरेको छ । घर बाहिर निस्कनै पर्दा गुणस्तरीय मास्क लगाउन विज्ञको सुझाव छ ।

काठमाडौं उपत्यकामा विशेष गरी पेट्रोल तथा डिजलबाट चल्ने गाडीले फाल्ने धुवाँका कारण पनि प्रदूषण बढेको छ । यस्तै विकास निर्माणका क्रममा उडेको धुवाँ, धुलो तथा कलकारखानबाट उत्सर्जन भएको धुवाँले पनि मौसम बिगार्ने गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७