केपी अाेली : सुकुम्बासी गाउँदेखि सिंहदरबारसम्म


३ फाल्गुन २०७४, बिहीबार
Kp Sharma oli prime ministry of nepal

काठमाण्डौं, ३ फागुन : उखान टुक्का प्रयोग गरेर भाषणलाई रसिक र रोचक बनाउन खप्पिस तथा खरो स्वभावका केपी ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलोपल्ट २०७२ असोज २४ गते देशको ३८ औं प्रधानमन्त्री बनेका थिए ।

ओली फेरि दोस्रो पटक देशको ४१ औं प्रधानमन्त्री बनेका छन् । नेपाली राजनीतिमा केपी ओलीको नामले परिचित रहे पनि उनको वास्तविक नाम खड्गप्रसाद ओली हो । उनको जन्म वि.सं.२००७ साल फागुन ११ गते तेह्रथुमको इवा गाउँमा भएको थियो ।Kp Sharma oli prime ministry of nepal

उनका बुबाको नाम मोहनप्रसाद तथा आमाको नाम मधु ओली हो । डेढ वर्षकै उमेरमा आमा गुमाएका ओलीको बाल्यकाल हजुरबा र हजुरआमाको काखमा जन्मस्थान इवामा नै बित्यो । उनले प्रारम्भिक शिक्षा त्यहीको इवा प्रणामी उच्च माध्यमिक विद्यालय (तत्कालीन प्रणामी प्रावि) बाट लिए । २०२२ सालमा उनको परिवार तेह«थुमबाट झापा बसाईं सर्‍यो । झापाको सुरुङ्गास्थिन कन्काइ नदी किनारमा बसोबास गर्ने उनको परिवारको आर्थिक अवस्था सामान्य थियो । झापा झरेको केही वर्षमै कन्काई नदीले घरजग्गा सबै बगाएर लग्यो ।

त्यसपछि पढाइको सिलसिलामा झापा आन्दोलनका सहिद रामनाथ दाहालसँग उनको भेट भयो । चलाख र राम्रो विद्यार्थी देखेपछि दाहालले ओलीलाई आफ्नै घरमा राखेर पढाए । दाहालको प्रेरणाले ओलीमा राजनीतिक झुकाव बढ्दै गयो । विद्यार्थी छँदादेखि नै ओली मीठो र प्रष्ट ढङ्गले बोल्न खप्पिस थिए । एसएलसी सकेपछि ओलीले गाउँकै प्राथमिक विद्यालयमा पढाउन थाले । तर राजनीतिक सक्रियतासँगै उनले त्यो पेशालाई निरन्तरता दिन सकेनन् । झापा झरेदेखि नै राजनीतिसँग नजिकिएका ओलीले औपचारिक रुपमा कम्युनिष्ट पार्टीको सदस्यता भने २०२६ सालमा लिएका हुन् ।nepal 1513086331

-२०२२ सालदेखि कम्युनिष्ट पार्टीबाट राजनीतिमा लागेका ओलीले २०२६ सालमा पार्टीको सदस्यता प्राप्त गरेका थिए । ओलीले २०७० सालमा भएको संविधान सभा चुनावमा झापा–७ बाट संविधानसभा सदस्यमा विजयी भएका थिए । भने अहिले त्यही झापाको निर्वाचन क्षेत्र–५ बाट निर्वाचित बनेका हुन् ।

-२०७० माघमा उनले नेकपा एमालेको संसदीय दलको नेता पनि चुनिए । यस्तै उनी २०७१ असार १९–२५ मा काठमाण्डौंमा भएको नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष निर्वाचित बनेका हुन् ।

-बाल्यकालमै आमा गुमाएका ओली झापामा रहेको मावली घरमा हुर्केका हुन् । पिता मोहनप्रसाद अहिले ओलीसँगै बस्दै आएका छन् । राधिका शाक्यसँग अन्तरजातीय विवाह गरेका ओलीका सन्तान छैनन् । ओलीको झापा शरणामतिमा अस्थायी र भक्तपुरको बालकोटमा स्थायी बसोबास छ ।

-२०२२ सालदेखि कम्युनिष्ट पार्टीबाट राजनीति शुरु गरेका ओलीले २०२६ सालमा पार्टी सदस्यता प्राप्त गरेका थिए । २०२८ सालको झापा बिद्रोहको नेतृत्व गर्ने नेताहरुमध्ये एक ओलीले १४ बर्ष जेल जीवन बिताएका छन् ।

-२०४८ सालको संसदीय चुनावमा झापा–६ बाट पहिलो पटक निर्वाचित भएका ओली २०५१ मा पनि त्यहि क्षेत्रबाट निर्वाचित भई अल्पमतको नेकपा एमाले सरकारमा गृहमन्त्री बने । ओली २०५६ सालको आम निर्वाचनमा पनि झापा क्षेत्र नम्बर ६ बाट नै निर्वाचित बनेका थिए ।

संक्षेपमा ओली

kp

जन्म मितिः वि.सं. २००८-११-११ शनिबार ।
जन्मस्थानः इवा–२, तेहथुम, नेपाल ।
शैक्षिक योग्यताः सामान्य ।
भाषाः नेपाली, हिन्दी र अंग्रेजी ।
भ्रमणः स्वदेश— ७५ वटै जिल्ला ।
विदेश— मित्र राष्ट्रहरूः चीन, भारत, बंगलादेश, भुटान, श्रीलंका, जापान, सिंगापुर, भियतनाम, अस्ट्रेलिया, अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, रसिया, स्विडेन, फिलिपिन्स, काजकिस्तान, पेरु, मेक्सिको, पोर्चुगल, स्पेन, कतार, मलेसिया, क्युवा, युक्रेन, नेदरल्यान्ड, बेल्जियम, साइप्रस, बेलारुस आदि ।

राजनीतिक यात्रा देशान्ट

-२०२३ साल, माक्र्सवादी अध्ययन दलमा संगठित भई प्रशिक्षण प्राप्त ।

-जिम्मेवारी बहनः २०२५ सालबाट— तत्कालीन नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध विद्यार्थी फाँटको फ्र्याक्सन कमिटीमा आबद्ध भई नेतृत्व गरेको ।

-नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्तः २०२६ साल ।

-२०२६ सालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीकोे उप–सचिवको जिम्मेवारी बहन ।

-२०२७ वैशाखमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी र पूर्वकोशी प्रान्तीय कमिटीसँग एकीकरण ।

-२०२८ साल वैशाखमा तत्कालीन पूर्वकोशी प्रान्तीय कमिटीबाट नेपाल कम्युनिष्ट पार्टी अलग ।

-२०२९ सालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी झापा आन्दोलन कमिटीको प्रमुखका रुपमा जिम्मेवारी बहन
जेल जीवन

-पहिलो पटकः २०२७ फागुन १६ गते आइतबार, झापाबाट गिरफ्तार ।

-पहिलो गिरफ्तारः झापा पुलिस थानामा ।

-२०२७ र २०३० का बिचमाः पटक पटक गरी १० पटक बढी गिरफ्तारी ।
१४ बर्षे जेलजीवन

-२०३० असोज २३ गतेबाट जेल जीवन प्रारम्भ ।

-पहिलो भोगाईः रौतहट गौर जेल, गौर थाना, २ दिन मात्र ।

-त्यसपछि वीरगञ्ज थाना वीरगञ्ज जेलमा चलान ।

-२०३० मंसीर ८ गते भद्रगोल जेल काठमाण्डौंमा चलान ।

-३ दिनपछि ११ गते सेन्ट्रल जेल गोलघर चलान ।

-२०३० मंसीर ११ देखि २०३२ वैशाख १६ सेन्ट्रल जेल गोलघरमा । त्यसपछि गोलघर बाहिर ।

-२०३३ साउनमा नख्खु जेल चलान ।

-२०३३ मंसीरमा केन्द्रीय कारागार गोलघरमै ।

-२०३६ जेठमा गोलघर बाहिर ।

-२०३७ चैतमा पुनः नख्खु जेल चलान ।

-२०३९ माघ ३ मा पोखरा जेल चलान ।

-२०४२ कात्तिकमा स्याङ्जा जेल चलान ।

-२०४३ मंसीर ८ मा हनुमान ढोका जेल चलान ।

-२०४३ माघ १२ मा भद्रगोल जेल चलान ।

-२०४४ असार ११ मा भद्रगोल जेलबाट रिहा ।

-तत्कालीन राजा ज्ञानेन्द्रले चालेको ०५८ माघ १९ को ‘कू’ सँगै नजरबन्दी ।

जेलमुक्त भएपछि राजनीतिक जिम्मेवारी

-२०४४ पुस २ गतेबाट धादिङको स्यादुलमा बसेको तत्कालीन नेकपा (माले) को बैठकबाट केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी ।

-२०४६ मा तत्कालीन नेकपा (माले) लुम्बिनी अञ्चल प्रमुखको जिम्मेवारी बहन ।

-२०४७ जेठ १ गते, तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपालको संस्थापक अध्यक्ष ।

-२०४९ देखि २०७१ असार मसान्तसम्म नेकपा (एमाले) स्थायी कमिटी सदस्य ।

राज्यतहमा बहन गरिएका विभिन्न समयका विभिन्न जिम्मेवारीः

nRLVbob

-२०४८ मा सम्पन्न आमनिर्वाचनमा झापा क्षेत्र नंम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वा्चित ।

-२०५१ मा सम्पन्न मध्यावधि निर्वाचनमा झापा क्षेत्र नम्बर–६ बाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वा्चित ।

-२०५१ मंसीर १४ गते गठित नेपालको पहिलो कम्युनिस्ट सारकारमा गृहमन्त्रीको जिम्मेवारी बहन ।

-२०५६ मा सम्पन्न आमनिर्वाचनमा झापा क्षेत्र नम्बर २ र ६ बाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित, साथै, नेकपा (एमाले) दलको उपनेता चयन ।

-२०६३ जेठमा गठित मन्त्रिपरिषद्मा उप–प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीका रुपमा जिम्मेवारी बहन ।

-२०७० मंसीरमा सम्पन्न संविधानसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ७ बाट संविधानसभा सदस्यका रुपमा निर्वाचित ।

-विभिन्न समयमा प्रतिनिधिसभा, मन्त्रिपरिषद् र संविधानसभाबाट गठित विभिन्न आयोग र समितिका जिम्मेवारी बहन गरेको ।

विभिन्न समयका आन्दोलन तथा विचारधारा निर्माणमा खेलिएका महत्वपूर्ण भूमिका60e0b New PM KP Sharma Oli

-२०२७ सालको झापा विद्रोहमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीभित्र हतियारबद्ध संघर्ष गर्ने वा शान्तिपूर्ण संघर्ष गर्ने भन्ने सवालको बहसमा उहाँले शान्तिपूर्ण संघर्षको माध्यमबाट नै परिवर्तन गर्न सकिन्छ भन्ने वैचारिक अडान राखेको । फरक मत राखेरै पनि पार्टीको निर्णय शिरोधार्य गरी सशस्त्र संघर्षमा होमिएको ।

-२०३० सालदेखि २०४४ सालको जेल जीवनको लामो अन्तरालमा विभिन्न माध्यमद्वारा पार्टी जीवन सञ्चालन र संघर्षका कार्यक्रमबारे उहाँले लिखित पत्रका माध्यमद्वारा सुझावहरु पठाएको हाल समयक्रमसँगै ती सुझावहरुले दूरगामी प्रभाव पार्दै आएको पुष्टि भएको छ ।

-२०४६ सालमा सम्पन्न जनआन्दोलनमा संयुक्त बाममोर्चाका तर्फबाट लुम्बिनी अञ्चलको मोर्चा सम्हालेको ।

-२०४९ सालमा सम्पन्न नेकपा (एमाले) को पाँचौँ राष्ट्रिय माहाधिवेशनबाट पारित जनताको बहुदलीय जनवादी कार्यक्रम निर्माणका सिलसिलमा कमरेड मदन भण्डारीलाई सो कार्यक्रम तयार गर्न अहं भूमिका निर्वाह गरेको ।

-२०५९ सालमा भएको नेकपा (एमाले) को सातौं राष्ट्रिय महाधिवेशनमा कम्युनिस्ट पार्टीको लोकतान्त्रीकरणका सवालमा उहाँले प्रस्तुत गरेको वैचारिक कार्यक्रमिक प्रस्ताव आज आएर नेपालका सबै कम्युनिस्ट तथा अन्य प्रजातान्त्रिक पार्टीहरुले समेत मूल नीतिका रुपमा अवलम्बन गरेको अवस्था छ ।

-आफ्नो राजनीतिक जीवनको यात्रासँगै लोकतन्त्र, दिगो शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताका निम्ति अविचलित अडान राख्दै आएको ।

-हालै जारी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माणदेखि राष्ट्रिय एकता र राष्ट्रियताका सवालमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको तथ्य जगजाहेरै छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७