संवाहक नै संविधान हत्यामा लागेपछि भन्न सकिने राम राम मात्र हो : कमल थापा

‘कांग्रेसले सरकार बनाउने लोभ गर्नु अनैतिक र अप्रजातान्त्रिक’


२२ पुष २०७७, बुधबार
Kamal Thapa 4

काठमाडौं, २२ पुस । राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले ताजा जनादेश प्राप्त नगरी कांग्रेसले सरकार बनाउने लोभ गर्नु अनैतिक र अप्रजातान्त्रिक हुने टिप्पणी गरेका छन् । बागमती प्रदेशमा कांग्रेस सरकारमा जानसक्ने संसदीय दलको नेताको भनाई आएपछि थापाले यस्तो टिप्पणी गरेका हुन् ।

थापाले नेकपा कानुनी रुपमा नफुटेको अवस्थामा कांग्रेसले सरकारमा जान लोभ गर्नु गलत भएको बताए । केपी ओलीको असफलता र ज्यादतीबाट मुक्तिको निमित्त पनि ताजा जनादेशमा जान उपयुक्त भएको उनले बताए ।

जनताले कुनै पार्टीलाई स्पष्ट बहुमत नदिएको अवस्थामा गठवन्धन सरकार स्वभाविक भए पनि एक पार्टीले स्पष्ट बहुमत पाएको अवस्थामा पार्टी फुटाएर, सांसद किनबेच गरेर, अपवित्र गठवन्धन बनाएर सरकार बनाउने कार्य संविधानको आशय नभएको उनको भनाइ छ ।

k

आज सामाजिक सञ्जालमा लेख्दै थापाले आफ्ना मूलभूत मान्यता नसमेटिएको कारण राप्रपाले यो संविधानको विपक्षमा मतदान गरेको भए पनि दुई तिहाइले पारित गरेको संविधानलाई आलोचनात्मक समर्थन गरेको बताए । उनले संविधानका संवाहकहरू नै संविधान हत्याको बाटोमा लागेकाले राम राम मात्रै भन्न सकिने उल्लेख गरे ।

संसद विघटनको संवैधानिकताको परिक्षण अदालतले गर्ने हुँदा अदालतलाई दवाव र प्रभाव पार्ने काम सरकार र सडक कतैबाट गर्न नहुने उनको तर्क छ । थापाले गत निर्वाचनमा जनताले स्थिर सरकारको निमित्त नेकपालाई बहुमत दिएका तर जनताको म्याण्डेटलाई नेकपाले धोखा दिएको आरोप लगाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७