गगन थापाको कटाक्ष : सुवास नेम्वाङको निरीहता देखेर दया लाग्यो


२२ पुष २०७७, बुधबार
BX6AYrppN619vVJO9Y4O

काठमाडौं, २२ पुस । नेपाली कांग्रेसका नेता गगन थापाले नेकपाका नेता सुवास नेम्वाङको निरीहता देखेर आफूलाई दया लागेको भन्दै कटाक्ष गरेका छन् ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध एक शव्द पनि नबोलेको भन्दै उनले नेम्वाङको आलोचना गरेका हुन् । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आजबाट निरन्तर वहस भइरहेको छ ।

‘म यतिबेला संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्झिरहेको छु, जसलाई संविधानका अक्षर, त्यसको स्पन्दन अनि त्यससँग जोडिएका सन्दर्भ र त्यस समयका सभासमिति अनि कोठादेखि चोटासम्मका वहसको बारेमा थाहा छ । मलाई लागेको थियो यो संकटमा मेरो अध्यक्षले अदालतमै उभिएर श्रीमान् प्रधानमन्त्री ओलीले गर्नुभएको प्रतिनिधिसभा विघटन असंवैधानिक हो ।

मेरो नेतृत्वमा बनाएको संविधानमा यस्तो प्रावधान लेखिएकै छैन र विधायिकी मनसाय यस्तो हुँदै होइन भनेर सन्दर्भसहित जमेर बहस गर्नु हुनेछ,’ थापाले बुधबार बिहान ट्वीट गर्दै भनेका छन्, ‘अपसोच उहाँ त कसैले केही सोध्लान की भनेर लुकेर बस्नु भएको छ, प्रश्नबाट भाग्नु भएको छ । आफैले बनाएको संविधानमा ‘कु’ हुँदै गर्दा त्यसविरुद्ध चुइँक्क बोल्न नसक्ने मेरो अध्यक्षको यो तहको निरीहता देख्दा दया लागेको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७