सनराइज बैंकको नयाँ शाखारहित बैंकिङ सेवा नुवाकोटको बेलकोटगढीमा


२२ पुष २०७७, बुधबार
Sunrise logo

काठमाडौं, २२ पुस । सनराइज बैंकले नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–५, माझगाउँमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ। सो शाखारहित बैंकिङ सेवा संचालनसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५८ पुगेको छ। उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा महेश्वर भुर्तेललाइ नियुक्त गरिएको छ।

शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा बेलकोटगढी नगरपालिका वडा नं। ५ का अध्यक्ष अनन्तराम नेपाल, बट्टार शाखाका शाखा प्रबन्धक दिपेन्द्र श्रेष्ठ थिए। साथै अन्य बैंकका कर्मचारीहरुको उपस्थिति थियो। बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकको भनाइ छ।
यस सेवाबाट ग्राहकहरुले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सक्छन्। यो बैंकको १३९ वटा शाखा, ५८ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउन्टर र १६१ वटा एटिएम छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७