भारतका पूर्व राष्ट्रपतिको पुस्तककाे दाबी : राजा त्रिभुवनले नेपाललाई भारतमा गाभ्न प्रस्ताव गरेका थिए


प्रकाशित मिति : January 6, 2021
ttps://www.bilder-aus-nepal.de/Pages/Geschichte/Nehru,Tribhuvan.html

काठमाडौं, २२ पुस । भारतका दिवंगत पूर्व राष्ट्रपति डा. प्रणब मुखर्जीले आफ्नो पुस्तक ‘द प्रेसिडेन्सियल इयर्स’ मा नेपालबारे सनसनीपूर्ण खुलासा गरेका छन् । पुस्तकमा मुखर्जीले राजा त्रिभुवन वीर विक्रम शाहले भारतका प्रधानमन्त्री जवाहरलाल नेहरु समक्ष नेपाललाई भारतमा विलय गर्ने प्रस्ताव राखेको तर नेहरुले त्यसलाई अस्वीकार गरेको दाबी गरेका छन् ।

पुस्तकको ११ औं भागमा ‘माई प्राइम मिनिस्टरः डिफरेन्ट स्टाइल्स, डिफरेन्ट टेम्परमेन्टस्’ शीर्षक अन्तर्गत मुखर्जीले राजा त्रिभुवनले नेपाललाई भारतको प्रान्त बनाउन प्रस्ताव गरेको दाबी गरेका छन् । यद्यपि, भारतीय प्रधानमन्त्री नेहरुले सो अफर अस्वीकार गरेको पुस्तकमा भनिएको छ ।

पुस्तकका अनुसार नेहरु नेपाल स्वतन्त्र राष्ट्र रहनुपर्ने चाहन्थे । मुखर्जीले यदी नेहरुको स्थानमा इन्दिरा गान्धी भएको भए, उनले सो अवसर आफ्नो हातबाट जान नदिने पनि बताएका छन् । उक्त किताबमा अन्य कयौं सनसनीपूर्ण खुलासा गरिएको जसमा सन् २०१४ मा यूपीएले ब्यहोरेको हारका लागि सोनिया गान्धी र मनमोहन सिंहलाई जिम्मेवार ठहराइएको छ । स्रोत : द चौपाल डटकम

प्रतिक्रिया दिनुहोस्