सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बोहराकाे राजीनामा


२२ पुष २०७७, बुधबार
jhapat

सुदूरपश्चिम, २२ पुस । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आज (बुधबार) आफ्नो पदबाट राजीनामा दिएका छन् । मन्त्रालयमा आज अपरान्ह साढे ३ बजे आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो राजीनामाको घोषणा गरे ।

विद्यमान राजनीतिक परिस्थितिका कारण मन्त्रिपरिषद्मा रही काम गर्ने वातावरण नभएकाले आफूले राजीनामा दिएको उनले स्पष्ट गरे । उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय मानिन्छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७