पुन समाज बेलायतको १३ औं बार्षिक साधारण सभा सम्पन्न


२२ पुष २०७७, बुधबार
Pun samaj UK Banner 1

लण्डन, २२ पुस । पुन समाज बेलायतको १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । विगतको समिक्षा र भावी कार्य योजना तयार गर्दै पुन समाज युकेको विद्युतीय (भर्चुअल जुम) माध्यमबाट गत शनिवार (२ जनवरी)मा १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

५ सय ८० सदस्य संख्या रहेको पुन समाज युकेको विविध परिस्थितीले यस साधारण सभामा जम्मा ८० सदस्यहरुको सहभागितामा रहेका थियो ।

अध्यक्ष धनबहादुर थाने पुनको अध्यक्षमा सम्पन्न साधारण सभामाबार्षिक गतिविधिको समिक्षा र भावी कार्ययोजनाहरु प्रस्तुत भएको थियो । समाजका महासचिव रुद्रबहादुर पहरे पुनले बार्षिक गतिविधि र आगमी कार्ययोजनाहरुको बारेमा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने सचिव रामबहादुर तिलिजा पुनले आर्थिक प्रतिवेदन पारदर्शितापुर्वक प्रस्तुत गरेका थिए ।

साधारणसभामा प्रस्तुत गरिएको विभिन्न प्रस्ताव उपर उपस्थित भएका सदस्यहरुले सक्रियतापुर्वक गहन छलफल गरेका थिए । साधारणसभामा सहभागीहरुले राखेको बिभिन्न प्रश्नहरुको औचित्यका साथ जवाफ अध्यक्ष धनबहादुर थाने पुन, महासचिव रुद्रबहादुर पहरे पुन र सचिव रामबहादुर तिलिजा पुनले दिएका थिए ।

सन् २००७ मा नेपालबाट आएर बेलायतमा बसोबास गरेका पुन समुदायको हित र प्रगतिको उद्देश्यले स्थापना भएको पुन समाज युके नेपाली समुदाय अन्तर्गतको सामाजिक संस्थामध्ये क्रियाशिल रहदै आएको छ । आफ्नो समुदायको हित र उत्थानसंगै अन्य क्षेत्रहरुमा समेत पुन समाज युकेले काम गर्दै आएको छ । पछिल्लो समय विश्व भुमण्डलीकरणको कारण साँस्कृतिक र भाषिक अस्तित्वहरु सकिदै गएको सन्दर्भमा पुन समाज युकेले आफ्नो संस्कार, साँस्कृतिक र पहिचान संरक्षणलाई जीवन्त राख्नका लागि सक्रिय रहेर काम गर्दै आएको छ ।

कोविड १९ को असहज परिस्थितीको वावजुत पनि पुन समाज युकेले बिभिन्न समयमा कार्यसमिति, सल्लाहकार, महिला, युबा हरु संग ५ वटा भर्चूअल जुम बैठक गर्नुको साथै विभिन्न निकाय, क्षेत्र र वर्गहरुको समेत सहयोग गर्दै आएको छ ।

यसपटक समाजले कोविड १९ को महामारीबाट थलिएको बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एन एच एस) युकेलाई थप टेवा पुगोस भन्ने हेतुले ६ हजार पाउण्ड आर्थिक सहयोग गरेको छ ।

बेलायतको अल्डरसर्टस्थित पहिलो भिक्टोरिया क्रम विजेता कुल बहादुर थापा मगरको सालिक निमार्णका लागि १ हजार पाउण्ड र पुन समाज युके २००७ सालमा स्थापित् भएको कारणले ७ पाउण्ड थपेर १ हजार ७पाउण्डआर्थिक सहयोग पनि गरेको छ ।

यसैबर्ष पुन समाज युकेले गैरआवसीय नेपाली संघ (एनआरएनए) बेलायत मार्फत नेपालको बाढिपीडितहरुलाई ४ सय पाउण्ड आर्थिक सहयोग गरेको छ ।

पुन समुदायहरुको नेपालस्थित म्याग्दी जिल्लाको काफडाँडामा बन्दै गरेको कर्बाकेलि संग्राहलय निमार्णका लागि २९ लाख रुपैया भन्दा बढि आर्थिक सहयोग पनि गरेको छ ।

पुन समाज युकेले बेलायतमा विविध कारणबश देहान्त हुने १४ जना पुन समाज युकेका सकृय सदस्यहरुलाई ४३ हजार पाउण्ड भन्दा बढि आर्थिक सहयोग गरेको छ ।

प्रत्येक शाखा अध्यक्षहरु, क्षेत्र प्रतिनिधिहरु, महिला बिभाग र युबा क्लबहरुबाट छोटकरीमा आ–आफ्नो निकायको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको पनि पुन समाज युकेले जनाएको छ ।

महिला विभागकी अध्यक्ष रुपा गर्वुजा पुनको नेतृत्वमा नेपालमा रहेको दुखी–गरिबहरुलाई सहयोग गर्नका लागि झन्डै ३ हजार पाउण्ड रकम संकलन गरेको र उक्त रकम एबीसी इन्द्रेणी कार्यक्रम मार्फत बितरण गर्न तयारी अवस्थामा रहेको पुन समाज युकेले जनाएको छ ।

आफ्नो पुर्खाहरुले अम्बलम्बन गर्दै आएको संस्कार, साँस्कृति, भेष–भुषा र अन्य कुराहरुलाई जिवन्त राख्नको लागि युवाहरुको सहभागिता अनिवार्य भएको पुन समाज युकेको अध्यक्ष धनबहादुर थाने पुनले बताए । यहि कुरालाई मध्यनजर राख्दै, यस बर्ष देखि पुन युबा क्लबका अध्यक्ष हेमबहादुर पुर्जा पुनको नेतृत्वमा पुन युवा क्लबको बिस्तार गर्नको लागि सदस्यता वितरण सुरुवात गरेको पनि पुन समाज युकेले जनाएको छ ।

सम्पुर्ण बेलायतबासी पुन समुदायको हित र उत्थानका लागि महत्वपुर्ण काम गर्दै आएको पुन समाज युकेले एकाइसौं शताब्दीमा समय सन्दर्भ परम्परागत शैली र व्यवहारलाई समय सापेक्ष सहजिकरण अपनाउदै नयाँ योजनाका साथ कार्यक्रमहरु अगाडी बढाउदै लैजाने समाजका अध्यक्ष पुनले जोड दिए ।

समाजका अध्यक्ष धनबहादुर थाने पुनले अहिलेको जोखिम परिस्थितिमा पनि सामाजिक कल्ल्याणको महत्वपुर्ण कार्य गर्ने कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुप्रति आभार प्रकट गरे । साथै आलोचना र प्रतिवाद गर्नु जति सजिलो भएपनिजिम्मेवारी वहन गरेर देखाउन त्यतिकै गाह्रोपर्ने बताउदै अध्यक्ष पुनले महत्वपुर्ण जिम्मेवारी गर्नेलाई दतचित्त भएर काम गर्न र सहयोग गर्नु सबैको लागि सह्रानीय रहेको छ अध्यक्ष पुनले भने –‘समाजप्रति स्वच्छ बिचारले, समाजमा आबद्ध् भएर काम गर्नको लागि सम्पुर्ण इच्छुक सदस्यहरुलाई सदा स्वागत छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७