लायन्स/लियो क्लब अफ बिराटनगरद्धारा ६० जना बालबालिकालाई न्यानो कपडा


२२ पुष २०७७, बुधबार
sahayog

मोरङ (बेलबारी), २२ पुस । लायन्स/लियो क्लब अफ बिराटनगर युनिकले ६० जना बालबालिकाहरूलाई न्यानो कपडा र ३०० जना भन्दा बढी विद्यार्थीहरुलाई खाजा बितरण गरेको छ । बिराटनगर महानगरपालिका जहदा–१ धुनिटोलमा रहेको जनता बालआधार विद्यालयमा बुधबार एक कार्यक्रम गरी खाजा बिपन्न घरपरिवार बालबालिकाहरु र विद्यार्थीलाई वितरण गरेको हो ।

जाडोको मौसममा बच्चाहरुको नियमित पठनपाठनमा चिसोको कारण अवरोध आउन नदिन न्यानो कपडा वितरण गरिएको लियो क्लब अफ बिराटनगर युनिककी सचिव बिनिता राईले जानकारी दिईन । उनले भनिन,‘क्लबले सामाजिकरुपमा आवश्यकता हेरर सहयोग गर्दे आएको आएको छौं । यस पल्ट चिसोबाट बच्न कपडा वितरण गरेको छौं । हामीले २०२० र २०२१ भित्र यस्तै एक सय भन्दा धेरै कार्यक्रमहरु गरिसकेका छौ ।’

जिल्ला प्रहरी कार्यलय माेरङका प्रवक्ता डिएपी मान बहादुर राई कोभिड–१९को जोखिमको बावजुद पनि क्लबले समाज सेवालाई निरन्तरता दिएको बताउँदै क्लबको प्रंशसामा गरे । उनले भने,‘हरेक नागरिकलाई सुरक्षा र साथको अनुभुति दिनुभयो, यस कार्यमा लायन्स/लियो क्लब अफ बिराटनगर युनिक अग्रणीरुपमा आइरहनु भएको छ ।’

उनले प्रहरी भनेको सेवा भएको बताउँदै प्रहरीबाट सेवा, काम, न्याय लिनलाई पैसा लिन पर्छ भन्ने भ्रम नराख्न आग्रह समेत गरे ।

जिल्ला प्रहरी कार्यलय माेरङका प्रवक्ता डिएपी मान बहादुर राई, क्लबका सिनियर एडभाइजर लायन विनोद कुमार राउत, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकला देवि सर्वरिया लगायतकाे उपस्थितीमा क्लबका अध्यक्ष प्रविन अग्रवाल अध्यक्षतामा कार्यक्रममा सम्पन्न भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७