उत्तरी सीमा क्षेत्रमा हिउँमै सशस्त्रको गस्ती

हिल्साको तापक्रम माइनस १४ डिग्री सेन्टिग्रेटमा झर्‍यो, पाइपमा हिउँ जमेपछि नदीको पानी पिउँदै सशस्त्र प्रहरी


२३ पुष २०७७, बिहीबार
apf2021 01 07 06 02 12

हुम्ला, २३ पुस । चीनसँग सीमा जोडिएको हुम्लाको हिल्सा नाकामा केही दिनयता हिमपात भएको छ । बाक्लो हिउँ जमेको भए पनि सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) ले सीमा सुरक्षा गस्ती गरिरहेको छ ।

नाम्खा गाउँपालिका– ५ को हिल्सा नाका क्षेत्रमा सशस्त्र प्रहरीको बिओपी स्थापना भएयता नियमित सीमा सुरक्षा गस्ती गर्दै आएको छ । अहिले हिल्साको तापक्रम माइनस १४ डिग्री सेन्टिग्रेडमा झरेको छ । हिमपातका कारण मान्छेको चलहपलह कम भएको समय पारेर सीमा क्षेत्रमा आपराधिक गतिविधि नहून् भनेर सुरक्षा गस्ती जारी राखेको सश्स्त्र प्रहरीका इन्स्पेक्टर सुरज केसीले बताए । ‘हिउँ परिरहेको भए पनि नियमित गस्ती गरिरहेका छौँ,’ इन्स्पेक्टर केसीले भने ।

केही दिनदेखि लगातार परेको हिउँले नारालेक सेताम्य भएको छ । बाटोमा पनि बाक्लो हिउँ जमेको छ । तैपनि सशस्त्र टोली हिउँ छिचोल्दै उत्तरी सीमा क्षेत्रमा गस्ती गर्दै आइरहेको छ । अहिले हिल्सा बिओपीमा २२ जना सशस्त्र प्रहरीको टोली छ । त्यस्तै, हिल्सामा होटेल कुरुवा १२ जना कामदार छन् । अरू सबै बेसी झरिसकेका छन् । हिल्सामा रहेको सीमा प्रहरी चौकी पनि कात्तिकमै सदरमुकाम सिमकोट फर्किएको थियो ।

हिल्सा नदी उत्तरको चिनियाँ क्षेत्रमा सुविधासम्पन्न भौतिक पूर्वाधार छन् । त्यहाँ चिनियाँ सुरक्षाकर्मी बाह्रै महिना बस्छन् । हिल्साको दक्षिणतिर नेपाली क्षेत्रमा भने भौतिक पूर्वाधारको अभाव रहेको छ । पानीको पाइपमा पनि हिउँ जमेको छ । जसले गर्दा सशस्त्रको टोली नदीको पानी प्रयोग गर्दै आएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७