सनराइज बैंकका ग्राहकलाई भिभान्ता काठमाडौंमा मिल्नेछ यस्तो छुट


२३ पुष २०७७, बिहीबार
vivanta1 EtQypErJr3

काठमाडौं, २३ पुस । सनराइज बैंकले होटल क्षेत्रमा विभिन्न छुट दिने उद्देश्यका साथ होटल भिभान्ता काठमाडौंमा बैंकका ग्राहकहरुलार्ई विशेष छुट प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकहरुले भिभान्ता काठमाडौंको मायन्ट र अकारी रेस्टुरेन्टमा खाना र बेभरेजको सनराइज बैंकको के्र्रडिट तथा डेबिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशतको छुट लिन सक्नेछन् ।

बैंकले “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियान अनुरुप आफ्ना ग्राहकहरुलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्दै आएको र ग्राहकहरुको अपेक्षाअनुरुप नबिनतम् सेवा सुबिधाहरु थप गर्दै जाने जनाएको छ ।

सनराइज बैंकले ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिदैं आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७