सोसल मिडिया वेबसाइटले हटायो ट्रम्पको भिडियो, ट्वीटरले चेतावनी दिंदै गरिदियो अकाउन्ट लक


२३ पुष २०७७, बिहीबार
donald trump 1

काठमाडौं, २३ पुस । सोसल मिडिया वेबसाइट ट्वीटरले राष्ट्रपति डोनल्ड ट्रम्पको अकाउन्ट १२ घण्टाका लागि लक गरेको जानकारी दिएको छ ।

ट्वीटले यो कारवाही उनको चुनाव सम्बन्धि ट्वीटको विषयमा गरेको हो । ट्वीटरले भनेको छ, ‘वासिङ्टन डिसीमा बनेको अभूतपूर्व हिंस्रक स्थितिलाई मध्यनजर गर्दै हामीलाई लाग्छ कि डोनल्ड ट्रम्पले आफ्ना तीन ट्वीट्स हटाउनु पर्नेछ । यी ट्वीटले हाम्रो सिभिक इन्टेग्रिटी पोलिसीको उल्लंघन गर्छ ।’

यसमा यदि डोनल्ड ट्रम्पले तीन ट्वीट हटाउँदैनन् भने उनको अकाउन्ट लक नै रहने बताइएको छ । ट्वीटरले यदि डोनल्ड ट्रम्पले ‘सिविक इन्टेग्रिटी पोलिसी’ को पुनः उल्लंघन गर्छन् भने उनको अकाउन्ट सधैंका लागि बन्द गरिने चेतावनी पनि दिइएको छ ।

उत्तरी अमेरिकाका टेक्नोलोजी रिपोर्टर जेम्स क्लेटनले आफ्नो रिपोर्टमा डोनल्ड ट्रम्पले आफ्नो समर्थकलाई जे सन्देश दिए, त्यसपछि अमेरिकी राजधानीमा हिंसा भएको हो । यो सन्देशलाई ट्वीटरले मात्रै नभई फेसबुक र युट्युबले पनि हटाएको छ ।

ट्रम्पले आफ्ना समर्थकलाई घर जान अपिल गरेका थिए तर उनले आफ्नो सन्देशमा चुनावको धाँधलीको दाबीलाई पनि दोहोर्‍याए । फेसबुकले ‘उनले सन्देशले स्थिति नियन्त्रण हुनुको साटो बिग्रने’ हो कि भन्ने आफूलाई लागेको बताएको छ ।

हिंसा अघि राष्ट्रपति ट्रम्पले आफ्ना समर्थकलाई ‘यो चुनावमा धाँधली भएको’ बताएका थिए । त्यसको केही घण्टापछि जब अमेरिकी राजधानी र बाहिरको इलाकामा हिंसा सुरु भयो, तब उनले एक भिडियो सन्देशमा चुनावी धाँधली भएको आफ्नो दाबीलाई दोहोर्‍याए ।

युट्युबले ट्रम्पको भिडियो सन्देशलाई हटाउँदै भनेको छ, ‘उनको भिडियोले चुनावी धाँधलीको आधारहीन दाबी गरिरहेको छ जुन हाम्रो नीतिको विरुद्ध हो ।’ एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७