२६ सेकेण्डमा यसरी देशभरका युवाको सपना बनिन् प्रिया


३ फाल्गुन २०७४, बिहीबार
100013179 capture1

माया, प्रेम, जादू। यी सबै केवल २६ सेकेण्डमा । एक यस्तो भिडियो क्लिप, जसले केरलकी एक युवतीलाई देशभरका युवकको सपना बनाइदियो ।100013179 capture1

तर, जुन भिडियोलाई हेर्न करोडौं मानिस मरिहत्ते गरिरहेका छन् जसलाई बनाउने तयारी कसरी भएको थियो र भिडियो बनाउन कति समय लाग्यो होला ? यो प्रश्नको जवाफ स्वयं प्रियाले दिएकी छन् । बीबीसी हिन्दीसँग कुरा गर्दै उनले भनिन्, ‘निर्देशकले अन द स्पट बताएका थिए की केही गर्ने हो । मलाइ भनिएको थियो क्युट जस्तै केही गर्ने हो ।’
कति टेक दिनुपर्‍यो ?

तर यसो गर्न उनले कति पटक कोशिश गरिन्? उनले भनिन्, ‘मैले एक पटक ट्राइ गरेँ त्यत्ति हो। र एकै शर्टमा ओके भयो । तर मैले यतिधेरै भाइरल हुन्छ भन्ने सोचेकी थिइन् ।’ यसको सबै श्रेय निर्देशकलाई जाने प्रियाले बताइन्। ‘यो जादू निर्देशकले नै सृजना गरेका थिए । उनले नै मलाइ कसरी गर्ने भनेर सिकाएका थिए ।’आँखा झिम्क्याउने युवतीको पूरा बायोडाटा7218

यी युवक को थिए, जसलाई प्रियाले आँखा झिम्क्याइन् ?

प्रियाको भिडियोलाई खिसी गरेर बनाएका भिडियो समाजिक संजालमा भाइरल भए। सो विषयमा उनले भनिन्, ‘धेरै ट्रोल भएका छन् । निकै राम्रा पनि छन्। यतिधेरै सेलेब्रिटीसँग ट्रोल बनिरहनु खुशीको कुरा हो ।’ प्रिया केरलको त्रिचुरमा बस्छिन् । उनका बुवा सेन्ट्रल एक्साइजमा काम गर्छन् । प्रियाकी आमा गृहिणी हुन् । र, उनको परिवारका सानो भाइ र हजुर आमा हजुर बुवा पनि छन् । प्रिया हाल शहरको कलेजमा बीकम गरिरहेकी छन् । यसअघि उनले तीनवटा शर्त मुभिमा काम गरिसकेकी छन् ।

उनलाई अभियन गर्ने रुची पहिलादेखि नै थियो । ‘फिल्म मेरालागि राम्रो अवसर थियो र मैले त्यसको सही सदुपयोग पनि गरें । अब मेरो फिल्म आयो भने मलाइ यस्तै भाग्य र सहयोगको आवश्यक छ,’ उनले भनिन् । उनले आफू सबै भाषामा बन्ने फिल्ममा ट्राइ गर्ने र बलिउड त आफ्नो सपना भएको बताइन्। संजय लीला भंसालीको फिल्ममा काम गर्ने आफ्नो इच्छा भएको बताउँदै उनले आफ्नो इच्छा दीपिका पादुकोणसँग भेट्ने रहेको बताइन् ।

हिन्दी फिल्ममा काम गर्ने अवसर मिल्यो भने रणवीर कपूर, शाहरुख खान वा सिद्धार्थ मल्होत्रासँग काम गर्ने इच्छा रहेको बताइन्।भ्यालेन्टाइन डेको आसपास उनको भिडियो भाइरल भएको छ। उनले आफ्नो भ्यालेन्टाइन रोशन भएको बताइन्। रोशनको अर्थ रोशन अब्दुल रहूफ हुन्, जो भिडियोमा देखिएका छन् । तर वास्तविक जिन्दगीमा उनका कोही पनि केटा साथी छैनन् ।100013183 1 malayalam actress film priya prakash varrier viral video clip oru adaar love actor roshan abdul rahoof

१८ वर्षीया प्रिया शास्त्रीय नृत्यको तालिम लिइसकेकी छन् । अहिले उनी संगीतको अध्ययन पनि गरिरहेकी छन् । आगामी दिनमा फिल्ममा काम गर्ने र पढाइलाई पनि सँगै अगाडि बढाउने योजनामा प्रिया छिन् । ‘यो मेरो शुरुवातले म धेरै खुशी छु । तर, अब अगाडिको यात्रा कसरी तय गर्ने भन्ने विषयमा केही सोचेको छैन,’ उनले भनिन् । प्रियालाई यात्रा गर्न र गीत गाउन मनपर्छ । स्रोतः हिन्दी बिबिसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७