कालिन्चोक सेक्युरीटीले मजदुरलाई रुवायो, डेढ वर्षदेखि न्याय खोज्दै मजदुर


२३ पुष २०७७, बिहीबार
सेक्युरिटि मजदुर scaled

काठमाडौं, २२ पुस । कालिञ्चोक सेक्युरिटी प्रा.लि.का मजदुरहरुले अदालतको निर्णय कार्यन्वयनका माग गर्दे आन्दोलन गरेका छन् । मजदुरहरुले बुधबार टेकुस्थित श्रम कार्यलय अगाडि एक घण्टा शान्तिपूर्णरुपमा श्रम अदालतले गरेको निर्णय कार्यान्वयन गर्न माग गर्दे आन्दोलन गरेको हो ।
श्रम अदालतले गरेको निर्णयलाई श्रम तथा रोजगार कार्यालयले कार्यन्वयन नगरेको भन्दै मजदुरहरु आन्दोलनमा उत्रेको हो । अदालतले गरेको निर्णय डेढ वर्ष वितिसक्दा पनि श्रम कार्यालयले कार्यन्वयन गर्नुको सट्टा आलटाल गर्दै मजदुरहरुलाई अल्मल्याएको उनीहरुको गुनासो छ ।

कालिञ्चोक सेक्युरिटी प्रा.लि.ले सरकारले तोकेको न्यूनतम पारिश्रमिक, सेवा सुविधा र शर्तबाट पाउने रकम एक वर्ष भन्दा बढीदेखि नपाएको र कार्यालय पनि पनि निर्णय कार्यन्वयनमा ढिलाई गरेको कारण आन्दोलनमा उत्रिनु परेको पीडित मजदुर बताउँछन् ।

नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनका अध्यक्ष गणेश श्रेष्ठले श्रम तथा रोजगार कार्यालयले अदालतको निर्णय कार्यन्वयन गर्नुको सट्टा विभिन्न बहानामा मुद्दा सार्दै जाने, शुरुवातको अवस्थामै पुर्‍याउने अवस्था आउन लागेको बताउँदै शान्तिपूर्ण रुपमा सांकेतिक बिरोध जनाएको बताए ।

उनले भने, ‘कार्यालयले श्रम अदालतको निर्णय कार्यन्वयन गर्नुको सट्टा विभिन्न बहानामा मुद्दा सार्दै जाने, पहिलेका अवस्थामा जाने, मजदुरलाई शोषण जारी राख्ने भएका झक्झकाउने आन्दोलन गरिएको जनाइएको छ । कार्यालयले पनि ढिलासुस्ती गरिरहेका कारणले श्रम कार्यलयमा पनि प्रलोभनमा परेको महसुस गरी शान्तिपूर्ण बिरोध जनाएको हौं । यदि निर्णयलाई वेवास्ता गरिएको सर्वोच्च अदालत जानु पनि बाध्य हुनेछौँ ।’ पैसा दिनुपर्ने कालिञ्चोकले कार्यान्वयन श्रम कार्यालय गर्नुपर्ने हो । कार्यान्वयनमा ढिलासुस्ती भइरहँदा घुसपेठ भएको हो कि ? प्रलोभनमा ? भन्ने शंका लागेको छ ।’ यदि निर्णय कार्यान्ववन नभए सर्वोच्च जान पनि तयार रहेको उनले बताए ।

यस्तै युनियनका महासचिव प्रेमबहादुर कार्कीले प्रचलित कानुन कार्यान्वयन गराउन पनि दवाबमुलक आन्दोलन गर्नु परेको बताए । उनले कार्यालय प्रमुखलाई कार्यान्वयन गर्ने अख्तियारी हुँदा प्रयोग गर्न ढिलाई गरिहरहेको बताउँदै भने, ‘पहिले पनि लामो संघर्षपछि कार्यालयले निर्णय गरेको थियो । त्यो बेला मन्त्रालय, विभागसम्म पुग्नुपरेको थियो । अहिले पनि कार्यान्वयन गर्नुभन्दा पनि वार्ता छलफलको नाममा ढिलाइ गरिरहेको छ’, उनले भने भने, ‘चल अचल बैंक खाता रोक्का गर्ने अधिकार हुँदाहुँदै अधिकार प्रयोग गरेको छैन ।’

उनले प्रत्येक मजदुरको पाउनु पर्ने रकम ७२ हजारदेखि ७५ हजारसम्म रहेको बताउँदै १५६ जनाको ढेड देखि तीन करोड जतिको रहेको बताए ।

यसैगरी कालिञ्चोक सेक्युरिटी सर्भिस प्रा.लि.का पीडित मजदुर गीता बस्यालले प्रा.लि. अन्तर्गत रहेर बाणिज्य बैक मात्र १२०० कर्मचारीले समेत रकम नपाएको बताइन् । उनले भनिन्, ‘महिना होइन, वर्षकै पाएको छैन । हामीले पाउनुपर्ने, कम्पनी थप्नु पर्ने, सेवा सुविधा, दशैंदेखि पाएका छैनौं । हामी बाणिज्य बैंकका मात्र १२०० कर्मचारीले रकम पाएका छैनौं । तर मुद्दा पर्ने बेलामा १५६ जना, ५ जना, १८ जना छ ।’

उनले लामो समय मुद्दा खेप्नु पर्दा दुःख पाएको बताइन् । उनले भनिन, ‘श्रम अदालतले कार्यालयले कार्यान्वयन गर्नु भनिसकेपछि नगरेर व्यवस्थापक पछि लाग्नु भएको छ । कार्यालय मजदुरका लागि बनेको हो भने मजदुरलाई न्याय गर्नु पर्‍यो । कालिञ्चोकको मुद्दा मात्रै २ वर्ष पुगिसक्यो । मुद्दा मामिलाको पछि मात्र दौडेर भएन, काम पनि गर्नु पर्‍यो ।’

श्रम तथा रोजगार कार्यालयका प्रमुख खगेन्द्रबहादुर कार्की फैसला कार्यान्वयन प्रक्रियामा रहेको बताए । उनले भने, ‘मैले नै उहाँहरुको विदा सुविधा वापतको पारिश्रमिक पाउनु पर्छ भनेर निर्णय गरेको हो । मेरो निर्णयविरुद्ध कालिञ्चोक श्रम अदालत गयो । त्यहाँबाट मेरै निणर्य सदर भएर आयो । अब निर्णय कार्यान्वयन हुन्छ । अहिले फैसला कार्यान्वयनको प्रक्रियामा छ ।’

कालिञ्चोक सेक्युरिटी सर्भिस प्रा.लि.कार्यरत चेतबहादुर मगरसहित १५६ जना मजदुरहरुको रकम नदिएपछि श्रम कार्यालय गएको थिएँ । डेढ वर्ष अगाडि श्रम कार्यलयले मजदुरको पक्षमा निर्णय दिएको थियो । त्यसपति कालिञ्चोक सेक्युरिटि प्रालि श्रम अदालतमा पुरावेदन दिएको थियो । श्रम अदालतले कार्यालयकै निर्णय सदर गर्दे मजदुरको पक्षमा मिति २०७७ साउन १४ निर्णय दिएको थियो । तर कार्यालयले पाँच महिना बित्दा समेत अदालतले निर्णय कार्यान्वयन गर्न सकेको छैन । सरकारले तोकेको १५६ जना मजुदरको सेवा सुविधा र विदाको समय पनि काम गरे वापतको एक वर्षको रकम प्रालिले दिएको छैन

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७