हाम्रो देशका लागि आहत छु : मिशेल ओबामा


२४ पुष २०७७, शुक्रबार
Donald Trump Michelle Obama 9Y7cWU7Pi1

काठमाडौं, २४ पुस । अमेरिकाकी पूर्व प्रथम महिला मिशेल ओबोमाले बुधबार अमेरिकाका संसद भवनमा भएको घटनाले अमेरिकी सरकारको केन्द्रलाई निच देखाएको बताएकी छिन् ।

ट्वीटरमा जारी गरिएको एउटा लामो बयानमा उनले भनिन्, ‘हिजोको दंगा र गर्मी महिनामा गरिएको रंगभेदविरुद्धको शान्तिपूर्ण प्रर्दशनको क्रममा प्रतिक्रियामाथि जुन प्रकारको भेदभाव देखियो त्यो दर्दनाक छ । यो दुःखको कुरा हो ।’

m

उनले भनिन्, ‘देशद्रोही झण्डा लिएर खुल्ला रुपमा बबाल गरिरहेका थिए र ब्ल्याक लाइभ्स म्याटरको प्रदर्शनका बेला मानिसहरुका टाउको फुटे र ठूलो संख्यामा गिरफ्तारी भए ।’ मिशेल ओबामाले भनिन्, ‘लाखौं मानिसहरुले एक व्यक्तिलाई भोट दिएका छन् । स्पष्ट छ कि आफ्नो अहंकारका लागि हाम्रै लोकतन्त्रलाई जलाउनका लागि उनीहरु तयार छन् ।’

उनी थप्छिन्, ‘म हाम्रो देशका लागि आहत छु । काश, मसँग सबै कुराको समाधान हुँदो हो त ।’ उनले सोसल मिडिया प्लेटफर्ममा यो राक्षसी व्यवहार रोक्न र ट्रम्पलाई सधैंका लागि प्रतिबन्ध लगाउन माग गरेकी छिन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७