१८ वर्षीय डियालो एटलान्टाबाट म्यानचेस्टर युनाइटेडमा अनुबन्ध


२४ पुष २०७७, शुक्रबार
diyalo GVtTf2ovbu

काठमाडौं, २४ पुस । इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले युवा विंगर अमद डियालोलाई टिममा अनुबन्धित गरेको छ ।

युनाइटेडले इटालियन क्लब एटलान्टाबाट १८ वर्षीय विंगर डियालोलाई अनुबन्ध गरेको हो । आइभरी कोस्टका विंगरसँग युनाइटेडले साढे चार वर्षको सम्झौता गरेको छ । सम्झौतासँगै डियालो सन् २०२५ को जुनसम्म युनाइटेडमा रहने छन् । यस्तै डियालोलाई युनाइटेडले थप एक वर्ष सम्झौता थपको विकल्प समेत दिएको छ ।

डियालोले एटलान्टाको सिनियर टिमबाट ५ खेल खेलिसकेका छन् । उनले एक गोल समेत गरेका छन् । गएको वर्ष सिनियर टिममा डेब्यु गरेका उनी उमेर समूहको टिमका मुख्य खेलाडी हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७