चन्द्रागिरी हिल्सको आइपीओ आजदेखि विक्री खुला (सूचनासहित)


२४ पुष २०७७, शुक्रबार
chandragiri resort

काठमाडौं, २४ पुस । चन्द्रागिरी हिल्सको आज (शुक्रबार) बाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला भएको छ ।

कम्पनीले १ रुपैयाँ दरमा १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ४ प्रतिशत अर्थात् ६१ हजार ३६४ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात् ७६ हजार ७०५ कित्ता साधारण शेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।

बाँकी १३ लाख ९६ हजार २२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । त्यस्तै, ३ लाख ६ हजार ८१९ काठमाडौं र मकवानपुरका आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई छुट्याइएको छ । चन्द्रागिरीको आइपीओमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । यस आइपीओमा लगानीकर्ताले पुस २८ गतेसम्म आवेदन दिन सक्नेछन् । सो समयमा सबै आइपीओ बिक्री नभएमा भने माघ ९ गतेसम्म बिक्री खुला रहने कम्पनीले जनाएको छ ।

1610074623 share 20210108082923

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्म आवेदन दिन पाउँनेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्ने छन् । साथै, मेरो सेयर मार्फत पनि आवेदन दिन पाइनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७