नारायणकाजीको प्रश्न, ‘आफ्नो पद धरापमा पर्‍यो भन्दैमा संसद भङ्ग गर्न पाइन्छ ?’


२४ पुष २०७७, शुक्रबार
narayankaji scaled

काठमाडौं, २४ पुस । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो पद धरापमा परेका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेको बताएका छन् ।

राष्ट्रियसभाको आज (शुक्रबार) को बैठकमा विभाजित नेकपाका प्रवक्ता श्रेष्ठले लोकतन्त्रका लागि जेल बसेको दाबी गर्ने प्रधानमन्त्रीले आफ्नो पद सुरक्षित नदेखेपछि प्रतिनिधिसभा नै भंग गर्ने दुस्साहस गरेको बताएका हुन् ।

‘आफ्नो पदका निम्ति घात हुन लाग्यो भने वा हुने नै भयो भने प्रतिनिधिसभा भंग गर्न मिल्छ ?’ उनले प्रश्न गरे । ओलीको बुझाइ पार्टी एकता, संविधान, लोकतन्त्र, लोकतान्त्रिक मूल्य–मान्यता सबै पदका निम्ति भएको देखिएको उनको टिप्पणी थियो ।

उनले असंवैधानिक सिफारिसप्रति प्रधानमन्त्रीले आत्मालोचना गर्दै प्रतिनिधिसभा सुरु भए लोकतन्त्रको रक्षा हुने र पार्टी एकता नयाँ कोर्सका साथ अघि बढ्ने सम्भावना रहेको बताए । उनले यतिबेला मुलुकको सम्भावनालाई हेर्नुपर्ने पनि बताए ।

‘हामीले यतिखेर हाम्रा पुर्खाहरूलाई सम्झिऊँ । यति समृद्ध देश दियो । अरू पराधीन हुँदा यो महादेशमा नेपाललाई स्वाधीन राख्न सक्नुभयो । लुम्बिनी, बुद्धको देश दिनुभयो र जनकपुरको देश दिनुभयो । जलवायु, हावापानीको दृष्टिले, विकासको सम्भावनाको दृष्टिले समृद्ध देश दिनुभयो । हामी पनि समृद्ध देश बनाउने सपनाका साकार पार्न लोकतन्त्रका लागि लड्यौं’, उनले भने, ‘लोकतन्त्रको रक्षा र विकासका लागि, संविधानका कमी कमजोरी हटाउँदै समृद्ध नेपाल बनाउन लाग्नुपर्ने बेला फेरि लोकतन्त्रका लागि लड्ने ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७