भैरहवामा ‘शम्भुजित बाँस्कोटा साँझ’ हुँदै


२४ पुष २०७७, शुक्रबार
shambhujeet

भैरहवा, २४ पुस । जेसिआई सिद्धार्थ लेडीको आयोजनामा आज भैरहवामा ‘शम्भुजीत बाँस्कोटा नाइट’ कार्यक्रम हुँदैछ । कार्यक्रमका लागि बाँस्कोटाको नेतृत्वमा गायकगायिका तथा सङ्गीतकारको टोली भैरहवा आइपुगेको छ ।

गायक तथा सङ्गीतकार बाँस्कोटाले आज बिहान आयोजित पत्रकार सम्मेलनमा होटल पौवामा हुने कार्यक्रममा सबैलाई चुल्है निम्तो दिए ।

हाम्रो टिमको प्रस्तुतिमा हुने कार्यक्रममा बाँस्कोटासहित विश्व नेपाली, सञ्जय सुब्बा, रमेश पाठक, प्रार्थना शाक्य, निशा देसार, मञ्जु थापा र सविना श्रेष्ठको गायन तथा बिनु शाक्यको नृत्य रहने टिम लिडर नरेन्द्र खड्काले बताए । बाँस्कोटा नाइटको तयारी पूरा भएको आयोजक संस्था जेसिआई सिद्धार्थ लेडीका अध्यक्ष तुलसा भुसालले बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७