प्रधानमन्त्रीको आश्वासन : पश्चिम सेती आयोजना लगानी खोजेर भए पनि अघि बढ्छ


२४ पुष २०७७, शुक्रबार
PM KP Sharma Oli scaled

कैलाली, २४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्षैदेखि चर्चामै सीमित पश्चिम सेती जलविद्युत आयोजनलाई तत्काल अगाडि बढाउने बताएका छन् ।

कैलालीको धनगढीमा आज (शुक्रबा) नेकपाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सकेसम्म आफ्नै लगानीमा नभए लगानी खोजेर पनि पश्चिम सेत आयोजना अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

‘पश्चिम सेती जलविद्युत आयोजनामा यसअघि विभिन्न कारणले गर्दा मन्त्रालय अगाडि जान सकेन, त्यसले ध्यान दिन नसकेका कारण कामको गति ढिला भयो’, उनले भने, ‘अब पश्चिम सेती आफ्नै लगानी होस् वा लगानी खोजेर होस् अब अगाडि बढाइनेछ ।’

७५० मेघावाट क्षमताको जलाशययुक्त पश्चिम सेती जलविद्युत आयोजना निर्माण गर्ने भनेको पनि २२ वर्ष बितिसकेको छ । अष्ट्रेलियन कम्पनी स्नोइ माउन्टेन कर्पोरेसन स्मेकले निर्माणको अनुमति लिएको १६ वर्षसम्म ‘होल्ड’ मात्र गर्‍यो । त्यसपछिका पाँच बर्ष चिनियाँ कम्पनी थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसनले पनि ‘होल्ड’ मात्र गरेर बसेको छ । अहिलेसम्म काम अगाडि बढेको छैन ।

३ माघमा नेपाल विद्युत् प्राधिकरण र थ्री गर्जेजबीच आयोजना अगाडि बढाउने विषयमा प्रारम्भिक संयुक्त उपक्रम सम्झौता (जेभिए) भएको थियो । प्राधिकरण वोर्डले ६ माघमा उक्त जेभिएको अनुमोदन गर्‍यो । प्राधिकरण र थ्री गर्जेजको बोर्डले पास गरेपछि मात्र जेभिएमा अन्तिम हस्ताक्षर हुनेछ । त्यसपछि मात्र आयोजना अगाडि बढाउने बाटो खुला हुनेछ । अहिलेसम्म थ्री गर्जेजबाट जेभिए अनुमोदनको विषयमा कुनै प्रतिकृया आएको छैन ।

प्रधानमन्त्री ओलीले परराष्ट्रमन्त्रीको भारत भ्रमणका क्रममा गौरीफन्टा नाकाको स्तरोन्नतिको कुरा हुने बताए । ‘परराष्ट्रमन्त्रीको भारत भ्रमणमा गौरीफन्टा नाकाको स्तरउन्नतीबारे भारतसँग कुरा हुन्छ’, उनले भने ।

उनले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली १४ तारिखमा भारत भ्रमण जाने जानकारी समेत दिएका छन् । उनले सेती रोड, महाकाली करिडोरको काम अगाडि बढ्ने बता ए। ‘नेपाली सेना लगाएर छाङ्रुसम्म जाने बाटो तयारी गरेका छौं’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७