इरानको विद्रोही आईआरजीसीद्वारा भूमिगत मिसाइल केन्द्रको शुरुवात, अमेरिकासँग सोलेमानीको हत्याको बदला लिने चेतावनी


२५ पुष २०७७, शनिबार
Iran ffff

काठमाडौं, २५ पुस । इरानको इस्लामिक क्रान्तिकारी गार्ड कोर (आईआरजीसी) ले भूमिगत मिसाइल बेसको शुरुवात गरेको छ ।

अमेरिकासँग इरानको तनाव जारी रहेका बेला आईआरजीसीले पर्सिया खाडी किनारामा भूमिगत मिसाइल केन्द्रको अनावरण गरेको हो । राष्ट्रिय टेलिभिजनमा प्रशारण गरेका दृष्यहरुअनुसार आईआरजीसीका उच्चस्तरिय कमाण्डरहरु सो कार्यक्रममा सहभागी भएका थिए ।

सो केन्द्रमा शक्तिशाली आणविक हतियारहरुको पनि प्रदर्शन गरीएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । गत साता आईआरजीसीसँग भएको तनावपछि मध्यपूर्वमा अमेरिकी सेनाले आधुनिक हतियारसहित सुरक्षा दस्ता बढाएको छ ।

गत हप्ता अमेरिकाले इरानमाथि धम्की दिएको भन्दै आफ्नो शक्ति प्रदर्शन गरेको आईआरजीसीले जनाएको छ । गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा इरानका शीर्ष आणविक वैज्ञानिक कासेम सोलेमानीको हत्या भएको थियो । सोलेमानीको वार्षिक पुण्य तिथिमा भएको कार्यक्रममा इरानी अधिकारीहरुले हत्याको बदला लिने चेतावनी दिएका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७