काठमाडौंका दुई दर्जन बढी स्थानमा आज बिजुली नआउने (सूचनासहित)


२५ पुष २०७७, शनिबार
bijuli
सांकेतिक तस्वीर

काठमाडौं, २५ पुस । काठमाडौंका दुई दर्जना बढी स्थानमा आज (शनिबार) बिजुली नआउने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार चक्रपथ विस्तारका लागि ढुंगेधारा, गोलढुंगा, स्वयम्भू फिडरमा पर्ने ११ हजार भोल्टको हाइटेन्सन लाइन स्थानान्तरण गर्नुपर्ने भएकाले त्यसअन्तर्गतका विभिन्न स्थानमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द गरिने भएको हो ।

पछिल्लो समय काठमाडौं उपत्यकामा विद्युत अनियमितता बढिरहेको छ । लगातारजसो विद्युत अवरुद्ध हुन थालेपछि उपभोक्ताले लोडसेडिङ दोहोरिएको आशंका गरेका छन् । तर, प्राधिकरणले भने यो समस्या लोडसेडिङ नभई प्राविधिक मात्र भएको बताइरहेको छ ।
हेर्नुस् सूचना

suchanabi

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७