२१ वर्षे बुहारीलाई चार वर्षदेखि बलात्कार गरेको आरोपमा ६० वर्षीय ससुरा पक्राउ


२५ पुष २०७७, शनिबार
9de5dcf938db2e0a8566be2151a98bb6 w1000 h500 cp

स्याङजा, २५ पुस । स्याङ्जामा बुहारीलाई चार वर्षदेखि बलात्कार गर्दै आएको आरोपमा प्रहरीले एक ६० वर्षीय सुसुरालाई पक्राउ गरेको छ । २१ वर्षीया परिवर्तित नाम ‘क’ ले दिएको जाहेरीका आधारमा ससुरा परिवर्तित नाम वर्ष ६० का ‘ख’ लाई पक्राउ गरिएको हो ।

हिजो (शुक्रबार) घरबाटै पक्राउ गरिएका उनलाई स्याङ्जा जिल्ला अदालतबाट करणीसम्बन्धी कसुर ‘जबरजस्ती करणी’ मुद्दामा ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए छन् ।

युवतीले उजुरीमा ‘४ वर्षदेखि आफ्नै परिवारका सदस्य ससुराले मादक पदार्थ सेवन गरी सुतेको अवस्थामा पटक–पटक जबरजस्ती करणी गरेको’ उल्लेख गरेकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७