जनताले श्री ५ वाला राजा त फाले, श्री ७ वाला ओलीलाई पनि सजिलै फाल्छन् : डा. केसी


२५ पुष २०७७, शनिबार
govinda kc

काठमाडौं, २५ पुस । संसद पुनर्स्थापनाको माग गर्दै चिकित्सक तथा सामाजिक अभियान्ता डा. गोविन्द केसी पनि सडकमा उत्रिएका छन् ।

डा. केसीले संविधानको रक्षा गर्नु जनताको कर्तव्य भएको बताएका छन् । प्रतिनिधि सभा विघठनविरुद्ध शनिबार सोलिडारिटी फर गोविन्द केसी अलाइन्सले काठमाडौंको माइतीघरमा गरेको विरोध प्रदर्शनमा डा. केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको शैली ‘श्री’ ७ को जस्तो भएको बताए ।

उनले श्री ५ वाला राजा फाल्ने जनताले ओलीलाई पनि फाल्ने चेतावनी दिए । ‘ओलीको व्यवहार श्री ७ महाराजको जस्तो भएको छ’, उनले भने, ‘जनताले श्री ५ महाराजलाई त फाले अब श्री ७ महाराजलाई पनि फाल्छन् ।’

डा. केसीले प्रधानमन्त्री ओेलीमा सत्ताको उन्माद चढेको बताउँदै उनलाई जनताले दण्डित गरेरै छाड्ने बताए । उनले प्रतिनिधि सभा विघटनको मुद्दा अदालतमा पुगेको भन्दै उदालतले असंवैधानिक कदम सच्याउनेमा आफूहरु विश्वस्त रहेको बताए ।

‘प्रतिनिधि सभा मार्न पाइँदैन, निरंकुश सरकार चाहिँदैन’, ‘संवैधानिक सर्वोच्चता कायम गर, संविधानविरुद्धको षड्यन्त्र बन्द गर’, ‘न्यायिक सुशासन कायम गर’, ‘संविधानवादको रक्षा गर’ लगायतका नारासहित प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७