इन्डोनेसियामा ५० यात्रु बोकेको बोइङ ७३७ विमान बेपत्ता


२५ पुष २०७७, शनिबार
ea558794bc9285b02a70798789f27386 w1000 h500 cp

काठमाडौं, २५ पुस । इन्डोनेसियामा ५० यात्रु बोकेको बोइङ ७३६ विमान उडेको केहीछिनमै बेपत्ता भएको छ ।

श्रीविजया एयरको विमान सम्पर्कविहीन भएको बीबीसीले जनाएको छ । उक्त विमान दुर्घटनामा परेको आशंका गरिएको छ । फइटट्रेडर २४ डटकमका अनुसार विमान ३ हजार मिटरमाथि पुगेपछि सम्पर्कविहीन भएको छ ।

यसअघि इन्डोनेसियामा सन् २०१८ को अक्टोबर २९ मा मात्र बोइङको ७३७ विमान नै दुर्घटनामा परेको थियो । इन्डोनेसियन एयरको उक्त विमानमा सवार सबै १८९ जनाको मृत्यु भएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७