जेसिबीको सहज फाइनान्सिङका लागि एमएडब्लु र मेगा बैंकबीच सम्झौता


२५ पुष २०७७, शनिबार
JCB 11610108003 scaled

काठमाडौं, २५ पुस । नेपालका लागि जेसिबी ब्रान्डका निर्माण तथा हेभी उपकरणहरुको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्सले आफ्ना ग्राहकलाई सहज फाइनान्सिङको सुविधा दिन मेगा बैंक लिमिटेडसँग सम्झौता गरेको छ।

शुक्रबार एमएडब्लु अर्थमुभर्सका तर्फबाट अध्यक्ष विष्णु कुमार अग्रवाल र मेगा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेलीले सम्झौता पत्रमा हस्ताक्षर गरे।

जेसीबी इन्डिया लिमिटेडका कन्ट्री हेड विरेन्दर भारद्वाजको पनि उपस्थिती थियो। योसँगै देशभरिका जेसीबीका ग्राहकले आफ्नो आर्थिक समाधानका लागि मेगा बैंकले विशेष सुविधा उपभोग गर्न पाउने बताइएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७