सनराइज बैंकको चुक्ता पुँजी नौं अर्ब ४८ करोड नाघ्यो, ५.८०प्रतिशत बोनस सेयर दिँदै


२५ पुष २०७७, शनिबार

काठमाडौं, २५ पुस । सनराइज बैंक लिमिटेडले चुक्ता पूँजीको ५.८० प्रतिशत बोनस सेयर र २.४८प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

बैंकको १३ औं वार्षिक साधारण सभाले सभाले बैंकको चुक्ता पूँजीको ५.८० प्रतिशतका दरले हुने ५२ करोड एक लाख ३३ हजार ६३ रुपैयाँ २९ पैसा बराबरको बोनस सेयर तथा चुक्ता पुँजीको २।४८प्रतिशत का दरले हुने नगद लाभांश २२ करोड २४ लाख एक हजार सात सय २३ रुपैयाँ ६२ पैसा वितरण गर्न स्वीकृत गर्ने प्रस्ताव पारित गरेको हो ।

२०६४ साल असोज २५ मा स्थापना भएको सनराइज बैंकको हाल चुक्ता पुँजी आठ अर्ब ९६ करोड रहेकोमा यस साधारण सभाबाट पारित बोनस शेयर बितरण पश्चात बैंकको चुक्ता पुँजीमा बृद्धि भई नौं अर्ब ४८ करोड ७९ लाख ४४ हजार चार सय ९९ रुपैयाँ ३९ पैसा कायम भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७