जीवन लिम्बुलाई वार्सटाईनर गल्फ प्रतियोगिताको उपाधि


२५ पुष २०७७, शनिबार
All the Winners 1 scaled

काठमाडौं, २५ पुस । तेस्रो वार्सटाईनर गल्फ प्रतियोगिता- २०२१ को उपाधि जीवन लिम्बुले जितेका छन् ।

नेपाल रोयल गल्फ क्लबमा सम्पन्न भएको वार्सटाईनर गल्फ प्रतियोगितामा लिम्बुले ४२ अंक हासिल गर्दै उपाधि जितेका हुन् । प्रतियोगिता ३ र ४ स्टेबलफोर्ड फर्म्याटमा खेलाइएको यस प्रतियोगितामा एसएसपी अशोक सिंहले पुरुषतर्फ ४० अंकसहित उपविजेता बनेका छन् ।

त्यस्तै हृदेशकुमार सिंह ३२ अंक हासिल गर्दै ग्रस विजेता बनेका छन् भने अर्शीया बानुले ३५ अंकसहित महिलातर्फको उपाधि जितेकी छन् । त्यस्तै महिलातर्फको उपविजेता कल्याणी मोक्तान बनेकी छन् । त्यसैगरी ब्रिगेडियर जनरल दिलिपजंग रायमाझीले सिनियर सेक्सनको उपाधि जितेका छन् भने जनरल प्रज्वल एसजेबी राणाले सिनियरतर्फको उपविजेता बनेका छन् ।

त्यस्तै सोनाम लामाले मोस्ट बर्डीज अवार्ड जिते भने मिथुन राईले लन्गेष्ट ड्राइभ अवार्ड जितेका छन् ।
त्यसैगरी रोयल गल्फ क्लबका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले क्लोजेस्ट टु द पोइन्ट अवार्ड जितेका छन् भने बेस्ट स्पोर्ट्सम्यान्सिपको अवार्ड कृष्णचन्द्र कायस्थले जितेका छन् ।

खेलका विजेताहरुलाई जावलाखेल ग्रुप अफ ईण्डष्ट्रीजका प्रबन्ध निर्देशक राजबहादुर शाह, कार्यकारी निर्देशक सचिन जोशी, रोयल नेपाल गल्फ क्लबका अध्यक्ष श्रेष्ठले अवार्ड प्रदान गरेका थिए । विभिन्न कयाटोगरिका ११ विजेताहरुलाई वार्सटाईनर ट्रफी, आकर्षक टुर प्याकेज प्रदान गरिएको छ ।
नेपालमा वार्सटाईनर प्रिमियम जर्मन बियरको सुरुवात भएको बर्ष २०१६ देखिनै रोयल नेपाल गल्फ क्लबसँग नेपालमा गल्फ खेलको विकासका लागि यस विश्वकै प्रख्यात वियरको सहकार्य रहदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७