इण्डोनेसियामा ६२ यात्रु बोकेको विमान उडेको केहिबेरमै समुद्रमा खस्यो


२६ पुष २०७७, आईतवार
indonesia

काठमाडौं, २६ पुस । इण्डोनेसियामा ६२ जना यात्रु बोकेको बोइङ सेभेन थ्री सेभेन विमान दुर्घटना भएको छ । राजधानी जकार्ताबाट पश्चिमी कालिमान्तन प्रान्तका लागि ६ बालबालिकासहित ५६ यात्रु र ६ जना चालकदलका सदस्यसहित उडेको उक्त विमान उडेको केहिबेरमा नै समुद्रमा खसेर दुर्घटनाग्रस्त भएको हो ।

विमान समुद्रमा खसेको र केही यात्रुले तैरने प्रयास गरे पनि बचाउन नसकेको अधिकारीहरुले जनाएका छन् । विमान १ मिनेटको अन्तरमा १० हजार फिट तल झरेको थियो । विमानस्थलबाट २० किलोमिटर टाढा दुर्घटनामा परेको विमान भीषण बर्षाका कारण निर्धारित समयभन्दा आधा घण्टा ढिला उडेको थियो ।

बोइङ ७३७–५०० मोडलको उक्त विमान २७ वर्ष पुरानो हो । उड्डयन सुरक्षा रेकर्ड तुलनात्मक रुपमा कमजोर रहेको इन्डोनेशियाका विमान सेवाहरूलाई एक दशकभन्दा बढी समयसम्म यूरोपमा प्रतिबन्ध लगाइएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७