भारतमा शनिबारदेखि ३० करोड नागरिकलाई कोरोना खोप लगाइँदै, यस्तो छ तयारी


२६ पुष २०७७, आईतवार
vaccines what we know

नयाँदिल्ली, २६ पुस । छिमेकी देश भारतमा आगामी शनिबारदेखि कोरोनाविरुद्धको खोप अभियान शुरु हुँदैछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो अभियानलाई महत्वपूर्ण कदम भन्दै जुलाईसम्म ३० करोड जनतालाई खोप लगाइने बताएका छन् ।

पहिलो चरणमा स्वास्थ्य क्षेत्र र अग्रमोर्चामा काम गर्ने तीन करोड जनतालाई खोप दिइनेछ । त्यसपछि ५० वर्ष भन्दा बढी उमेरका र गम्भीर प्रकृतिका स्वास्थ्य समस्या भएका करिब २७ करोड जनतालाई खोप लगाइने तयारी छ ।

भारतमा अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको अस्ट्राजेनेका र स्थानीय रुपमा उत्पादन भइरहेको कोभ्याक्सिनलाई आपतकालीन प्रयोगको अनुमति दिइएको छ । विश्वमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुकको सूचीमा भारत दोस्रो स्थानमा रहेको छ । यही जनवरी १६ अर्थात् आउने शनिबारदेखि आफ्नो देशमा कोरोनाविरुद्धको खोप लगाउने अभियान सञ्चालन गर्ने बताएको भारतले अहिले त्यसका लागि धमाधम तयारी गरिरहेको छ ।

नेपालका खोप अभियान चल्दा नेपाललाई पनि फाइदा
नेपालसँग सीमा जोडिएको भारतमा खोप लगाउने अभियान शुरु गर्ने तयारी हुनु नेपालका लागि पनि फाइदा नै हो । किनकी नेपालले पनि भारतबाटै खोप आपूर्ति गर्ने कुरालाई प्राथमिकता दिएको छ ।

त्यहाँबाट एक करोड २० लाख डोज खोप ल्याउन नेपाली अधिकारीले खोप उत्पादक भारतीय कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डिया र भारत बायोटेक तथा भारत सरकारका अधिकारीसँग छलफल गरिरहेका छन् ।

यसैबीच परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आउने माघ १ गते भारत भ्रमणमा जाने तयारी छ । भ्रमणको प्रमुख एजेन्डा कोरोनाविरुद्धको खोप नै हुने सरकारले जनाएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७