बारामा गाँजा तस्कर समूह र प्रहरीबीच गोली हानाहान, एक जना समातिए


२६ पुष २०७७, आईतवार
taskar

बारा, २६ पुस । बारामा गाँजा तस्कर समूह र प्रहरीबीच गोली हानाहान भएको छ । शनिबार राति पौने १० बजे गस्तीमा रहेको प्रहरी टोलीलाई ताकेर गाँजा करीब १० जनाको समूहमा रहेको गाँजा तस्कारको समूहले गोली चलाएको हो ।

गाँजा तस्करी भइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोस्ट रतनपुरबाट प्रहरी टोली भक्तलाल खोलाको बगरमा पुगेको थियो । त्यस क्रममा प्रहरीलाई देख्नासाथ तस्कर समूहले गोली चलाएको बारा जिल्ला प्रहरी कार्यालयका डीएसपी गौतम मिश्रले जानकारी दिए । जवाफमा प्रहरीले पनि ५ राउण्ड गोली चलाएको हो ।

घटनास्थलबाट हेटौंडा उपमहानगरपालिका–६ का ४७ वर्षीय इमानसिंह तामाङलाई प्रहरीले पक्राउन गरेको छ । १०२ किलो गाँजा पनि बरामद भएको डीएसपी गौतमले बताएका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान अगाढि बढाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७