प्रधानमन्त्री ओलीले डाके आकस्मिक मन्त्रिपरिषद् बैठक


२६ पुष २०७७, आईतवार
cabinet oli

काठमाडौं, २६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक डाकेका छन् । आइतबार बिहान साढे ११ बजेका लागि प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिएका छन् ।

‘साढे १० बजे फोन गरेर साढे ११ बजे मन्त्रिपरिषद बैठक बस्ने जानकारी दिएको हो’, ती मन्त्रीले भने, ‘बैठकका एजेन्डाबारे कुनै जानकारी आएको छैन ।’ कुनै विशेष एजेण्डामा छलफल गर्नका लागि बैठक बोलाइएको हुनसक्ने उनले बताए । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्दै आएको छ ।

आकस्मिक रुपमै बोलाइएको मन्त्रिपरिषद वैठकमार्फत प्रतिनिधिसभा भङ्ग गरेपछि अहिले प्रधानमन्त्री ओलीको चौतर्फी आलोचना भइरहेको छ । प्रतिनिधिसभा भङ्ग गरिएको मुद्दा अहिले सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन अवस्थामा छ । ओलीको कदमविरुद्ध अहिले विभिन्न दल सडक आन्दोलनमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७