जम्मा चार दिन वैठक बसेर सकियो राष्ट्रियसभाको हिउँदे अधिवेशन, के–के भए ?


२६ पुष २०७७, आईतवार
samsad scaled

काठमाडौं, २६ पुस । राष्ट्रियसभाको चालु हिउँदे अधिवेशन आज (आइतबार) बाट सकिएको छ । सातौं अधिवेशनमा जम्मा चार वटा बैठक बसेको छ । राष्ट्रियसभाको सातौं अधिवेशन पुस १७ गते आह्वान भएको थियो ।

सातौं अधिवेशनको पहिलो बैठक पुस १७ गते शुक्रबार बसेको थियो । पुस २६ गते आइतबारसम्म जम्मा १० दिन चालु रह्यो । यस अवधिमा बैठक बसेका चार दिनमा चार वटा बैठक बसी सात घण्टा पाँच मिनेट सभा चलेको थियो ।

samsad 1

यस अधिवेशन अवधिमा सभामा सात वटा अध्यादेश पेस भएका छन् । संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, औषधि (तेस्रो संशोधन) अध्यादेश, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पेस भएको छ ।

samsad 2

सातौं अधिवेशनले राष्ट्रियसभाका समितिहरूको गठनसम्बन्धी आदेश, २०७७ सर्वसम्मतिबाट अनुमोदन गरेको छ । त्यस्तै, यसै अधिवेशनले वामदेव गौतमलाई राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिमा मनोनयन गर्‍यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७