प्रधानमन्त्रीको धम्कीको नेकपाद्धारा कडा शब्दमा भत्र्सना {भिडियो}

संसद विघटनविरुछ अझ एकजुट हुन आह्वान


२६ पुष २०७७, आईतवार
narayankaji shrestha

काठमाडौं, २६ पुस । नेकपाले संसद विघटनका विरुद्धमा बोल्नेहरुलाई प्रधानमन्त्री ओलीले धम्क्याएको भन्दै भत्र्सना गरेको छ । पेरिसिडाडामा आइतबार बसेको सो समूहको सचिवालय बैठकले ४ जना पूर्व प्रधानन्यायाधीशहरूले संसद विघटनका विषयमा प्रतिक्रिया दिएपछि ओलीले धम्की दिएको भन्दै उक्त कार्यको प्रतिवाद गर्दै कडा शब्दमा भत्र्सना गरेको सो प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

वैयक्तित स्वतन्त्रता र संवैधानिक अधिकारको हनन भएको भन्दै त्यसको रक्षाका लागि बैठकले अपील गरेका उनले जानकारी दिए ।

बैठकले सबै नागरिक समाज, पार्टी, सबै सचेत र प्रबुद्ध व्यक्तिलाई यसप्रकारको हमलालाई एकजुट भएर परास्त गर्ने आह्वान गर्ने निर्णय गरेको उनले बताए ।

बैठकले ओलीले सरकारी सञ्चारमाध्यमको दुरुपयोग गरेको भन्दै तत्काल त्यो कार्य रोक्न मागसमेत गरेको उनले बताए । बैठकले संघर्षको कार्यक्रमलाई शसक्त बनाउने निर्णय गरेको उनले बताए ।

श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को भारत भ्रमणमा कुनै राजनीतिक भेटघाट नभएको बताए । प्रचण्डको भारत भ्रमणको कुरा नितान्त आफ्नो परिवारलाई स्वास्थ्य उपचार गराउने सिलसिलामा भएको उनले बताए ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७