ललितपुरमा ‘स्वच्छ सहरका लागि मेरो साइकल’ अभियान चलाइँदै


२७ पुष २०७७, सोमबार
cycle

ललितपुर, २७ पुस । सहरी सुन्दरता र स्वच्छ वातावरणको परिकल्पना गर्दै साइकल प्रयोगलाई जोड दिएको ललितपुर महानगरपालिकाले ‘स्वच्छ सहरका लागि मेरो साइकल’ अभियान चलाउने भएको छ । महानगरले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा अभियान सञ्चालन गर्न लागेको हो ।

साइकल प्रयोगकर्तालाई प्रोत्साहन गर्न महानगरले आफ्नो क्षेत्रका मुख्य सडकमा यसअघि नै साइकल लेन निर्माण गरिसकेको छ । महानगरका मेयर चिरिबाबु महर्जन र युएनडिपीका आवासीय प्रतिनिधि आस्वानी मिडागानगोडाले अभियान सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

युएनडिपीको ‘ग्रिन एन्ड गेम’ परियोजनाको सहयोगमा महानगरले अभियान सञ्चालन गर्न लागेको हो । अभियानअन्तर्गत एउटा मोबाइल एप तयार गरिनेछ । साइकलयात्रीले मोबाइल एप ओपन गरी साइकलको प्रयोग गर्नुपर्नेछ ।

एपमार्फत साइकलले पार गरेको सडकको दूरी नापिनेछ र त्यसका आधारमा साइकलयात्रीलाई पुरस्कारको प्रदान गरिने महानगरले जनाएको छ । ‘साइकल प्रयोगमा महानगरवासीको संख्या बढाउन यस्तो अभियान सञ्चालन गर्न लागिएको हो, यसमा अन्य उपहारका योजना पनि छन्,’ मेयर महर्जनले भने ।

साइकल चलाउन इच्छुक भएको, तर खरिद गर्न नसकेका दुई सय जनालाई साइकल खरिदका लागि समेत अनुदानको व्यवस्था गरएको महानगरले जनाएको छ । यसअघि महानगरले १० किमि क्षेत्रमा साइकल लेन निर्माण गरेको छ । थप २२ किमि सडकमा साइकल लेन निर्माणका लागि टेन्डर गरेको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७