इन्डोनेशिया बोइंग ७३७ को ब्ल्याक बक्स भेटिएको दाबी, मानव अङ्ग भेटियो


२७ पुष २०७७, सोमबार
indonesia OZiLXLHEYi

काठमाडौं, २७ पुस । शनिबार दुर्घटनाग्रस्त भएको यात्रु विमानको ब्ल्याक बक्स समुद्रको कुन स्थानमा खसेको छ, त्यसबारे पत्ता लागेको इन्डोनेशियाका अधिकारीले जानकारी दिएका छन् ।

उनीहरुले सोमबार खोजी अभियान सुरु भएपछि नेवीका गोताखोरले दुबै फ्लाइट रेकर्डर्सलाई समुद्रबाट निकाल्ने बताएका छन् । इन्डोनेशियाको नेशनल ट्रान्सपोर्ट सेफ्टी कमेटीका प्रमुख सोर्जेन्ट तजाहोनोले भने, ‘हामीले दुबै ब्ल्याक बक्सको स्थानलाई चिन्ह लगाएका छौं । अब गोताखोरले त्यसको खोजी सुरु गर्नेछन् र हामीलाई आशा छ कि त्यो भेट्टाउन धेरै समय लाग्ने छैन ।’

indonesia1 cdSyy1p2iv

खोजी अभियान रात परेपछि रोकिएको थियो । अब यो सोमबार बिहानदेखि सुरु हुनेछ । यसअघि विमानका केही भाग, मृतकको मानव अंग र यात्रुका केही सामान भेटिएका छन् । जकार्ता प्रहरीका प्रवक्ता यूसरी यूनूले खोजी र उद्दारकार्यमा संलग्न समूहले दुईवटा ब्याग भेटेको जानकारी दिए । तीमध्ये एकमा सर सामान र अर्कोमा मानव अंग राखिएको उनले बताए ।

प्रहरीले पीडितको परिवारसँग डिएनए स्याम्पल र डेन्टल रकेर्ड दिन आग्रह गरिरहेको छ ता कि मानव अङ्ग पहिचान गर्न सकियोस् । शनिबार स्रिविजया बोइंग ७३७ जब ६२ यात्री लिएर जाँदै थियो तब उसँग अचानक सम्पर्क टुट्यो र त्यो रडारबाट गायब भयो ।

स्रिविजया हवाई यात्री विमानले शनिबार स्थानीय समय अनुसार दिउँसो दुई बनेर ३६ मिनेटमा जकार्ता हवाई अड्डाबाट उडान भरेको थियो । यातायात मन्त्रालयका अनुसार केही मिनेटपछि दुई बजेर ४० मिनेटमा विमानसँग अन्तिम पटक सम्पर्क गरेको थियो ।

ea558794bc9285b02a70798789f27386 w1000 h500 cp

बोर्नियो द्वीपको पश्चिममा रहेको पोन्तिअनकका लागि सामान्य उडान ९० मिनेटको छ । नेशनल सर्च एण्ड रेस्क्यू एजेन्सीका प्रमुख एयर मार्शल ब्यागस पुरुहितोका अनुसार विमानले कुनै संकटको संकेत पठाएको छैन ।

एक फ्लाइट ट्रयाकिङ वेबसाइटका अनुसार विमान एक मिनेटभन्दा पनि कम समयमा १० हजार फिट तल खसेको छ । प्रत्यक्षदर्शीले उनीहरुले कम्तीमा एउटा विस्फोट देखेको र सुनेको जानकारी दिए । बीबीसीबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७