अमेरिकी विश्वविद्यालय र अपार्टमेन्टमा पसी अन्धाधुन्ध गोली प्रहार, तीनको हत्या


२७ पुष २०७७, सोमबार
big 290864 1379357856

काठमाडौं, २७ पुस । अमेरिकाको शिकागोमा एक व्यक्तिले गोली प्रहार गरी ३ जनाको हत्या गरेका छन् । घटनामा ४ जना घाइते भएका छन् ।

शिकागो विश्वविद्यालयमा प्रवेश गरेका ती बन्दुकधारीले ३० वर्षिय एक छात्रको टाउकोमा गोली प्रहार गरेपछि एक अपार्टमेन्टमा प्रवेश गरी सुरक्षागार्डमाथि गोली प्रहार गरेका हुन् ।

सोही अपार्टमेन्टमा रहेकी एक महिलालाई गोली प्रहार गरेका ती व्यक्तिले एक पसलमा प्रवेश गरी गोली प्रहार गर्दा २० वर्षका एक व्यक्तिको मृत्यु भएको छ ।

त्यस लगत्तै ती व्यक्तिले १५ वर्षकी किशोरीमाथि गोली प्रहार गरेको समाचारमा जनाइएको छ । अन्तिम पटक एक रेष्टुराँमा प्रवेश गरी एक महिलाको गोली हानी हत्या गरेको ती ब्यक्तिको प्रहरीको जवाफी कारवाहीमा मृत्यु भएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७