युवतीको विषयमा चक्कु हानी साथीको हत्या गरी फरार युवक चितवनबाट पक्राउ


२७ पुष २०७७, सोमबार
84e245a31d05156116c25445093a040a w1000 h500 cp

काठमाडौं, २७ पुस । काठमाडौंमा चक्कु हानी एक युवकको हत्या गरी फरार रहेका व्यक्ति चितवनबाट पक्राउ परेका छन् ।

पुस २३ गते साँझ बुढानिलकण्ठ नगरपालिका–६ का २१ वर्षीय सुशील तामाङमाथि चक्कु प्रहार भएको थियो । चक्कु प्रहारबाट गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आइतबार मृत्यु भएको थियो ।

चक्कु प्रहार गर्ने मकवानपुरको थाहा नगरपालिका–६ का २१ वर्षीय राजसिंह ठकुरीलाई प्रहरीले सोमबार बिहान चितवनको पिप्लेबाट महाराजगन्ज वृत्तको टोलीले पक्राउ गरेको हो । उनले बुढानिलकण्ठ नगरपालिका–१ चिसेनीको गुम्बा नजिककै तामाङलाई चक्कु हानेर भागेका थिए ।
ठकुरीलाई महाराजगञ्ज वृत्तबाट थप अनुसन्धान अगाडी बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी प्रमेश बिष्टले बताए

सुशील र राज सिंह मिल्ने साथी हुन् । पुस २३ मा साँझ उनीहरु बूढानीलकण्ठ माथि चिसेनीडाँडामा खानपिन गर्न गएका थिए । सँगै थिए, अर्का मिल्ने साथी लाक्पा शेर्पा । लाक्पाले आफूले दाइ भन्ने गरेका उमेश तामाङलाई पनि चिसेनीडाँडामा बोलाए ।

सँगै बसेर छ्याङ खाए । त्यहाँ, उमेश र राज सिंहको बीचमा विवाद भयो । उमेशको पूर्व प्रेमिका पछिल्लो समय राज सिंह ठकुरीसँग प्रेममा थिइन् । सो विवाद बढ्दै जाँदा उमेशले आफ्ना अन्य साथीहरुलाई फोन गरे । फर्किंदा बाटोमा झगडा गर्ने सुरले राज सिंह एउटा होटलमा छिरे, चक्कु लिएर आए ।

हात्तीगौंडा माथि आएपछि उमेशका सहयोगी र राज सिंहको बीचमा झगडा भयो । राज सिंहले उमेशका साथी सोचेर हानेको चक्कु सुशील तामाङको पेटमा घोपियो । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका चिकित्सकहरुले चक्कुले घोपेर सुशीलको किड्नीमा चोट लागेको प्रहरीलाई बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७