कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री रावललाई कोरोना संक्रमण


२७ पुष २०७७, सोमबार
dal kmsEoB9KJJ scaled

सुर्खेत, २७ पुस । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

आइतबार मन्त्री रावललाई पिसिआर जिन एक्सपर्ट परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए ।

‘कोरोना पुष्टि भएपछि मन्त्री रावलको स्वास्थ्य अवस्था विशेषज्ञ चिकित्सकबाट जाँच गराइएको थियो’, उनले भने, ‘चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि मन्त्री रावललाई काठमाडौँ पठाइएको छ ।’ कर्णाली प्रदेश अस्पताल सुर्खेतले आज एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री रावलको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७