पृथ्वी जयन्ती मनाउन भेला भएकामाथि सिंहदरबार अगाडि प्रहरीको लाठ्ठी


२७ पुष २०७७, सोमबार
325A0336 xJL8nmYNn2 scaled

काठमाडौं, २७ पुस । पुस २७ गते (आज) पृथ्वी जयन्ती मनाउन काठमाडौंको भद्रकालीमा भेला भएका राजावादी र प्रहरीबीच झडप हुँदा एक महिला घाइते भएकी छन् । घाइते महिलालाई प्रहरीकै भ्यानमा राखी उपचारका लागि अस्पताल लगिएको छ ।

भद्रकालीबाट सिंहदरबारको मुल गेटअघि पृथ्वीको शालिक रहेको स्थानतर्फ जाँदै गरेको सो समूहलाई प्रहरीले बीचमा रोकेको थियो । त्यसपछि दुईपक्षबीच घम्साघम्सी हुँदा प्रहरीले लाठी चार्ज गर्ने क्रममा ती महिला घाइते भएकी हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर जबराले पृथ्वीनारायण शाहप्रति श्रद्धा अर्पण गर्ने क्रममा दमन भएको भन्दै सरकारको कडा आलोचना गरेका छन् । उनले नागरिकको नैसर्गिक अधिकार र लोकतन्त्रविरोधी कार्य गरेको भन्दै सरकारको कडा शब्दमा आलोचना गरेका हुन् ।

‘सरकारको लोकतन्त्र विरोधी कार्यको राप्रपाले सडकमा विरोध गरिरहने छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका देनलाई राप्रपाले सदैव उच्च सम्मान गरीरहनेछ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा राष्ट्र निर्माताप्रति श्रद्धाञ्जली अर्पण गर्ने नागरिकहरुमाथि सरकारको क्रुर दमन अत्यन्त निन्दनीय छ, अन्यायपूर्ण छ । यसको म कडा शब्दामा भत्र्सना गर्दछु,’ राणाले सोमबार भने ।

‘राष्ट्रिय आवश्यकताबमोजिम नेपालमा हिन्दुराष्ट्र पुनःस्थापना भएरै छाड्छ । प्रजातन्त्रलाई सुढृद बनाउन, निष्पक्ष राष्ट्रप्रमुखको रुपमा, दलीय व्यवस्थाभन्दा माथि रहने पुरानो संस्था, राजसंस्था पुनःस्थापना हुनेछ,’ राणाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सिंहदरबारस्थित सालिकमा माल्यार्पण गरेपछि भने ।

राप्रपाले २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा अर्पण ब्याङ्केटमा जलपान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा पार्टीका नेता, कार्यकता तथा समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७