‘संसद विघटन सदर भए सँगै संविधान पनि बदर गरिदिनुस् भनी प्रार्थना गर्नुपर्छ’


२७ पुष २०७७, सोमबार
damannath 1234

काठमाडौं, २७ पुस । पूर्व सभामुख दमननाथ ढुंगानाले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीको स्वीकृतिलाई सर्वोच्च अदालतले सदर गरे अदालतसामु संविधान पनि बदर गरिदिनुस् भनेर प्रार्थना गर्नुपर्ने बताएका छन् ।

संविधानमाथि प्रहार गरेर प्रतिनिधिसभा विघटन गरिएको भन्दै ढुंगानाले सर्वोच्च अदालतले पुनस्र्थापना गर्नेमा आफू ढुक्क रहेको बताएका छन् । संविधानसभा सदस्य मञ्चले सोमबार काठमाडौंमा आयोजना गरेको प्रतिनिधिसभा विघटन र अबको निकास विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने, ‘संविधान हेर्ने हो भने प्रतिनिधिसभा शत प्रतिशत ब्युँताउनु पर्छ । सर्वोच्च अदालतले यो मुद्दा लम्ब्याउन सक्छ, निर्वाचन हुने बेलासम्म । सर्वोच्चले बदर हुन सक्दैन भने संविधान पनि सँगसँगै बदर गरिदिुनस् भनी प्रार्थना गर्नुपर्छ ।’

thumb 1 1

संविधान निर्माण गर्ने संविधानसभा सदस्यहरूले अभियान नै सञ्चालन गरेर प्रतिनिधिसभा ब्युँताउन पहल गर्नुपर्ने ढुंगानाको भनाई थियो । ओलीले प्रतिनिधिसभा मात्रै विघटन गरेको नभएर संघीयता, समानुपातिक प्रतिनिधित्व, समावेशिता, गणतन्त्रलगायतका परिवर्तनमाथि प्रहार गरेको ढुंगानाको भनाइ थियो । ओलीले विगतदेखि नै संविधान र परिवर्तनका मुख्य विशेषतामाथि प्रहार गर्दै आएको भन्दै त्यसलाई रोक्न न्यायालयमाथि अन्तिम विश्वास रहेको ढुंगानाको धारणा थियो ।

प्रतिनिधिसभा विघटन गरेको अवस्थामा राष्ट्रिय सभामा जनताका आवाज उठिरहेको बेला अकस्मात अधिवेशन अन्त्य गरेर जनतालाई सडकमा आवाज उठाउ भनेर सरकारले पठाएको ढुंगानाको भनाइ थियो । ‘हिजो एकाएक नाटकीय ढंगले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरिएको छ ।

जनताको आवाज बोल्ने थलो राष्ट्रिय सभा त थियो त्यसलाई पनि चल्न नदिई स्थगन गरियो । त्यो भनेको सरकारले नै जनतालाई सडकमा जाऊ भनेको हो,’ उनले थपे । ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । प्रतिनिधिसभा विघटनको चौतर्फी विरोध भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७