मिस्टर एण्ड मिस टीन शेर्पाको अडिसन सम्पन्न


२७ पुष २०७७, सोमबार
miss teen sherpa

काठमाडौं, २७ पुस । मिस्टर एण्ड मिस टिन शेर्पा २०२१ (सिजन – ३)को अडिसन शनिबार सम्पन्न भएको छ । गौतम बुद्ध फिल्मस् प्रा.लि.को आयोजनामा हुन लागिरहेको मिस्टर एण्ड मिस टिन शेर्पा २०२१ को अडिसन काठमाडौंस्थित नेपाल शेर्पा संघको भवनमा सम्पन्न भएको हो ।

आयोजक तथा गौतम बुद्ध फिल्मस्का संस्थापक छिरिङ डोमा शेर्पाका अनुसार काठमाडौं सहित सिन्धुपाल्चोक, सोलुखुम्बु, संखुवासभा, भोजपुर, ताप्लेजुङ लगायत विभिन्न जिल्लाबाट सहभागी अडिसन अन्तरर्गत २० जना भन्दा बढीले सहभागिता जनाएका छन् । पहिलो चरणमा छुटेकाहरुलाई पाँच दिन सम्म समय थपिएको छ ।

शेर्पा जातिको भाषा,धर्म,कला,सस्कृति,भेषभुषा तथा रितिरिवाजलाई संरक्षण,प्रबर्द्धनको साथै शेर्पा किशोर ,किशोरीहरुमा भएको प्रतिभालाई उजागर गर्ने उदेश्यले यो कार्यक्रम गर्न लागिएको संस्थाका अध्यक्ष शेर्पाले जानकारी दिइन् । यसको ट्यालेन्ट राउण्ड माघ १७ गते शनिबार र फाइनल राउण्ड भने माघ ३० गते प्रज्ञा प्रतिष्ठान कमलादीमा हुनेछ ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७