बेलायतमा कोरोना नियन्त्रण बाहिर, एक सातामै ६ हजार ४८५ को मृत्यु


२८ पुष २०७७, मंगलवार
london korona

बेलायत, २८ पुस । बेलायतमा पछिल्ला दिनहरुमा कोरोना संक्रमण र मृत्युदरमा तीव्रता आएसँगै यहाँको स्थिति नियन्त्रण बाहिर गएको छ ।

एक साताभित्र छ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ५२९ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ के जानकारी दिएको छ । यससंगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८१ हजार ९६० पुगेको छ ।

यसैगरी बेलायतमा दशदिनसम्म लगातार ५० हजारमाथि कोरोना संक्रमित रहँदै आएकोमा सोमबार ४६ हजार १६९ मा झरेको छ । नयाँ संक्रमितसंगै बेलायतमा कोरोना संक्रमितको संख्या ३१ लाख १८ हजार ५१८ पुगेको छ । विगत केहिदिनयता बेलायतमा कोरोना संक्रमितको संख्या, मृतक संख्या तथा अस्पताल भर्ना हुनेको संख्यामा महामारी शुरु भएयाताकै नयाँ रेकर्ड कायम भएको थियो । गत शुक्रबार एकैदिनमा अहिलेसम्मकै सबैभन्दा बढी ६८ हजार ५३ जना नयाँ संक्रमित थपिएका थिए ।

मृतक संख्याको आधारमा विश्वमा सबैभन्दा बढी मृत्यु हुने मुलुकमध्ये बेलायत अमेरिका, ब्राजिल, मेक्सिको र भारतपछि पाँचौं स्थानमा रहेको छ । यसघि पाँचौं स्थानमा रहेको इटालीलाई बेलायतले गताहप्ताबाट पछि पार्दै आएको हो । इटालीमा हालसम्म ७९ हजार २०३ जनाको मृत्यु भइसकेको छ ।

हालसम्म विश्वभरमा १९ लाख ४७ हजार भन्दा बढी कोरोना संक्रमितको मृत्यु भइसकेको छ भने झण्डै ९ करोड मानिसहरु संक्रमित भएका छन् । जसमध्ये अमेरिकामा मात्र तीन लाख ८३ हजारभन्दा बढीको मृत्यु भएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७